शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

कलिलो उमेरमै बन्जी जम्प गर्ने क्रममा युवती ज्यान गयो


  • शुक्रबार, चैत्र ४ २०७८
13.6K
SHARES

फाइल तस्विर

बन्जी जम्प गर्ने क्रममा एक युवतीले ज्यान गुमाउनु परेको छ । बन्जीको डोरी नै नबाँधी ती युवतीले हाम्फाले पछि सो पश्चात घटना घटेको हो । साहसिक खेल मानिने बन्जी जम्प पछिल्लो समय युवाहरुमाझ निकै नै लोकप्रिय बनेकाे छ । तर, सावधानी नअपनाउँदा मनोरञ्जनको साटो ज्यान गुमाउनु परेकाे आइतबार घटेको कोलम्बियाको उक्त घटनाले पुष्टि गरेकाे छ ।

समाचार एजेन्सीहरुको अनुसार कोलम्बियाको एन्टिओक्विया प्रान्तको अमागामा येसेनियामा आफ्नो प्रेमीका साथमा बन्जी जम्प गर्न गएकी २५ वर्षीया येसेनिया मोरालेस नामकी युवतीको मृत्यु भएको हो । बन्जीजम्पको क्रममा उनले बन्जी कर्ड बाँध्नुपूर्व नै झुक्केर हाम्फालेको पाइएको डेली मेलले जनाएको छ ।

बन्जी हान्ने पुलमाथि बन्जीको तयारी गर्दै गरेको अवस्थामा प्रशिक्षकको एक इशाराबाट भ्रमित उनले हा’म्फालेकी थिइन् । उनी करिब १५० फिट तल खसेको र घटनास्थलमै मृत्यु भएको जनाइएको छ । तत्कालै उद्धारकर्मीहरु घटनास्थल पुगे पनि युवतीको हावामै मृत्यु भइसकेको बताइएको छ ।

मेडिकल रिपोर्टका अनुसार खसेकै कारण नभएर हृ’दयघा’तका कारण उनको मृत्यु भएको पुष्टि भएको छ । बन्जी कर्ड नबाधीकनै हाम्फालेपछि उनी झल्याँस्स हुँदै आफूसँग उक्त बन्जी कर्ड नजोडिएको थाहा भएको हुन सक्ने र सोही कारण हृदयघात भएर उनको मृत्यु भएको हुनसक्ने रिपोर्टमा जनाइएको छ ।

भएको के रहेछ भने बन्जी जम्पको लाइन रहेका उनका प्रेमी उनीभन्दा अगाडि थिए र प्रेमीलाई नै बन्जी कर्डसँग राम्ररी जोडिएपछि प्रशिक्षकले हाम्फाल्ने संकेत गरेका रहेछन् । तर संकेत युवतीले आफ्ना लागि पनि हो भन्ने बुझेर हतारमै हाम्फालिनछन्, जबकि उनको खुट्टामा डोरी नै बाँधिएको थिएन । युवती तल खसेपछि उनका प्रेमी तत्कालै उक्त ठाउँमा पुगेर बचाउने कोसिस गरेको भए पनि असफल भएको बताइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा