शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

नेपाल टेलिकमले ल्यायो अहिलेसम्म कै सस्तो डाटा प्याक, कसरी प्रयोग गर्ने ?


  • बिहिबार, चैत्र ३ २०७८
12.8K
SHARES

काठमाडौँ । नेपाल टेलिकमले प्रयोगकर्ताहरुलाई ध्यानलाई मध्यनजर गर्दै सस्तो डाटा प्याकको ल्याएको छ । फागु पुर्णिमाको अवसरमा १४ दिनका लागि सस्तो डाटा प्याक ल्याएको हो ।

फागु पर्वको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर प्रयोगतकर्ताहरुलाई उपलब्ध गराएको हो । यो अफर चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुने प्रवक्ता शोभन अधिकारी प्रेस विज्ञप्ति मार्फत जनाएका छन् ।

सो अफर अन्तर्गत रु. ६९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, रु. ९८ मा ६ जीबी डाटा ३ दिन र रु. २९४ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।

नेपालीहरुको महत्वपूर्ण पर्वहरु फागु पूर्णिमा र चैते दशैंलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफरको अवधि १५ दिनसम्म कायम रहनेछ ।

यस अफरबाट सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने कम्पनीको विश्वास रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा