सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

२८ बर्षीया पूजाको त्यो काम, एकै झड्कामा पुगिन् प्रहरी खोरमा


  • बुधबार, चैत्र २ २०७८
8.2K
SHARES

गोरखा । दोहोरो नागरिकता लिएको आरोपमा गोरखामा एक युवती पक्राउ परेकी छन् । कास्कीको पोखरा महानगरपालिका–६ बैदाम माइती भई हाल काठमाडौंको कोटेश्वर बस्दै आएकी २८ बर्षीया पूजा ढकाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

८ मंसिर २०६७ मा जिल्ला प्रशासन कार्यालय कास्कीबाट पहिलो नागरिकता लिएकी उनले २८ मंसिर २०६७ मा पुनः जिल्ला प्रशासन कार्यालय गोरखाबाट अर्को नागरिकता लिएको भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए ।

‘गोरखामा गाइने सार्कीलाई बुवा बनाएर पूजा गैरेको नामबाट अर्काे नागरिकता निकालेको रहेछ,’ उनले भने, ‘आवश्यक कारवाही गर्न भनेर प्रशासनबाट पत्राचार भएपछि हामीले पक्राउ गरेका हौं ।’

दोहोरो नागरिकतासम्बन्धी कसूरमा अनुसन्धानका लागि उनलाई हिरासतमा राख्न अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा