आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

यान्छीले ओलीसँग गरेको गोप्य कुराकानी बाहिरियो


  • बुधबार, चैत्र २ २०७८
10.7K
SHARES

फाइल तस्विर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छिन् ।भक्तपुरको बालकोटस्थित निवासमा राजदूत यान्छीले ओलीसँग भेट गरेकी हुन् ।

भेटमा के कुरा भएको थियो केही नभनिएपनि एमसीसी, चिनिया प्रतिनिधीको नेपाल भ्रमण, कम्युनिष्टहरु फेरि एक हुनुपर्ने लगायत बिषयमा कुराकानी भएको स्रोतको दाबी छ ।

ओली र यान्छीबीच करीव दुई घण्टा लामो वार्ता भएको थियो । चैत १२ गते चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ्ग यीको सरकारसहित चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरू काठमाडौं आउँदैछन् ।

चिनियाँ भ्रमण टोलीको तयारीका विषयमा ओलीसँग यान्छीले भेटवार्ता गरेको हुन सक्ने बुझिएको छ । यसअघि चिनियाँ राजदूत यान्छीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाललाई भेट गरिसकेकी छिन् ।

एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएपछि चीनले नेपालमा चासो राख्दै आएको छ । एमसीसी लागू हुने भएपछि चीनको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउन लागेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा