शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

अर्का दुई शक्ति राष्ट्र बिच ठुलो घम्साघम्सी, २४ घण्टा नबित्दै बाइडेन उत्रिए मैदानमा


  • बुधबार, चैत्र २ २०७८
18.3K
SHARES

तस्विरः फाइल

वासिङटन डिसी/एजेन्सी । दुई राष्टहरु बिच फेरी अर्काे घम्साघम्सी सुरु भएकाे छ । पुटिनले बाइडेनलाई प्रतिबन्ध लगाएसंगै अमेरिका र रुस विच घम्साघम्सी सुरु भएको हो ।

प्रतिबन्ध भ्लादिमिर पुटिनका लागि महङ्गो हुने संकेत देखिन थालेका छन् । प्रतिबन्धको २४ घण्टा नबित्दै अमेरिकाको एउटा बोल्ड निर्णय सार्वजनिक भएकाे छ ।

अमेरिकाले रुससँग युद्धरत युक्रेनलाई १३ अर्ब डलरभन्दा बढी सहायता दिने भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई १३ अर्ब डलर भन्दा बढीको सुरक्षा सहायता समावेश एक विधेयकमा हस्ताक्षर गरेका छन्।

रुसी राष्ट्रपतिको युक्रेनमाथिको आक्रमणले विश्वका सबै मानिसलाई एकीकृत बनाएको र अमेरिकी संसद्‌मा पनि डेमोक्रयाट र रिपब्लिकनहरूलाई एक ठाउँमा उभ्याएको उनले बताए।

नेटोको आपत्कालीन बैठकमा भाग लिन बाइडेन आगामी साता युरोप जाने भएका छन्। यता युक्रेनमाथि आक्रमण गरिरहेको रुसले अमेरिकी राष्ट्रपति जो वाइडेनसहित १३ उच्च अधिकारीमाथि प्रतिबन्ध लगाएको छ।

अमेरिकासहितका पश्चिमा राष्ट्रहरुले रुसमाथि कडा आर्थिकसहितको प्रतिबन्ध लगाएकाले त्यसको जवाफल दिएको उसले जनाएको छ।

रुसको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति बाइडेनसहित उनको सरकारका शीर्ष मन्त्रीहरुमाथि प्रतिबन्ध लगाइएको जनाएको छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन, रक्षामन्त्री लोयड अस्टिन, ह्वाइट हाउस प्रवक्ता जेन साकीसहितलाई रुसले प्रतिबन्ध लगाएको जनाएको छ।

त्यससँगै रुसले अमेरिकी सरकारी अधिकारीलाई मात्र नभएर पार्टीका नेता तथा परिवारका सदस्यलाई पनि प्रतिबन्धन लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

रुसले पूर्वविदेशमन्त्री तथा राष्ट्रपति उम्मेदवार रहिसकेकी नेतृ हिलारी क्लिन्टन तथा बाइडेनका छोरा हन्टर बाइडेनमाथि प्रति प्रतिबन्ध लगाएको छ। यसअघि नै पश्चिमाहरुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायतमाथि प्रतिबन्धन लगाएको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा