शनिबार, साउन ३० २०८३
ताजा अपडेट

राप्रपा नेपालले माग्यो चुनाव चिन्ह ‘तीर’


  • बुधबार, चैत्र २ २०७८
11.6K
SHARES

फाईल तस्बिर

राप्रपा नेपालले आफ्नो चुनाव चिन्ह ‘तीर’ प्रस्ताव गरेको छ। उसले उक्त चिन्ह स्वीकृतिका लागि निर्वाचन आयोगमा पठाएको छ।

तीर चुनाव चिन्हबारे निर्वाचन आयोगमा छलफल चलिरहेको राप्रपा नेपालका प्रवक्ता राजाराम बर्तौलाले बताए।

‘तीन दिनअघि हामीले चुनाव चिन्ह माग्दै निर्वाचन आयोगमा निवेदन दिएका छौं,’ बर्तौलाले भने, ‘चुनाव चिन्हबारे छलफल भइरहेको छ।’

राप्रपा नेपाल स्थानीय निकायको चुनावको तयारीमा छ। राप्रपा नेपाल आयोगले अद्यावधिक गरेको दल दर्तामा १७ नम्बरमा छ।

राप्रपा त्याग्दै थापाले फागुन ७ गते राप्रपा नेपाल दलको घोषणा गरेका थिए। थापा पहिले पनि राप्रपा नेपालको अध्यक्ष थिए।

थापा नेतृत्वको राप्रपा नेपालले पहिले चुनाव चिन्ह गाई राखेको थियो। तर, २०७४ सालमा राप्रपा नेपालसहितका दल एक भएपछि पञ्चहरूको पार्टी राप्रपा बन्दा चुनाव चिन्ह हलो राखिएको थियो।

निर्वाचन आयोगले दलहरूलाई चुनाव चिन्ह राष्ट्रिय जनावर, राष्ट्रिय रंग, राष्ट्रिय फूल राख्न दिएको छैन। राप्रपालाई आफ्नो झन्डाबाट समेत गाई हटाउन आयोगले पत्राचार गरेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा