आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

एमाले प्रवेश गर्न ५ बस रिजर्भ गरेरै आए वडाध्यक्षदेखि ८० वर्षीय , ओलिले नै गरे स्वागत


  • मंगलबार, चैत्र १ २०७८
7.2K
SHARES

फाइल तस्विर

पछिल्लो समय अन्य राजनितिक दल भन्दा नेकपा एमाले प्रबेश गर्ने को संख्या लोभलाग्दो देखिएको छ । पर्साबाट निर्वाचित जसपा तथा माओवादी केन्द्रका जनप्रतिनिधि एमालेमा प्रवेश गर्ने क्रममा एउटा समूह काठमाडौं आइपुगेको छ । पोखरिया नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सिमानन्द चौहान नेतृत्वको एउटा समूह मंगलवार एमालेमा प्रवेश गरेको छ ।

युवा संघले संयोजन गरेको पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले वडाध्यक्ष चौहान, समाजवादी विद्यार्थी युनियनका मुख्यसचिव राकेश महतोदेखि ८० वर्षीया ठगिया देवी पासवानसम्मलाई खादा लगाएर पार्टीमा स्वागत गरे ।

एमाले प्रवेशका लागि ५ वटा बसमा वडाध्यक्षको नेतृत्वमा जसपाका कार्यकर्ताहरु पर्साबाट काठमाडौं आएको जानकारी युवा संघका इन्चार्ज महेश बस्नेतले सो कार्यक्रममा दिएका थिए । वडाध्यक्ष चौहानले ५५० जना कार्यकर्ता र समर्थक एमालेमा प्रवेश गरेको बताए ।

यसअघि गत साता पोखरियाका मेयर दिपेन्द्र रौनियार नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

पोखरियामै एमाले प्रवेश गर्ने कार्यक्रम राख्ने चर्चा चले पनि केपी ओली बसेकै ठाउँमा आएर भेट्ने चाहना राखेकाले युवा संघले कार्यक्रम संयोजन गरेको अध्यक्ष किरण पौडेलले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा