आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

गठबन्धनका उम्मेद्वारलाई धुलो चटाउँदै एमालेका एकल उम्मेद्वार भए विजयी !


  • मंगलबार, चैत्र १ २०७८
9.2K
SHARES

फाइल तस्विर

कैलालीको नवजीवन सहकारीमा गठबन्धनका उम्मेदवारलाई हराउँदै देवबहादुर वम निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका रतन बहादुर कठयतलाई १३०८ मतले हराउँदै वम निर्वाचित भएका हुन् । वमले ८३९१ मत पाउँदा कठायतले ७०८३मत पाएका थिए ।

वम नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा जिफन्ट प्रदेश अध्यक्ष पनि हुन् ।

उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवारसँग एमाले प्यानलका उम्मेदवार पराजित भएका छन् । गठबन्धनका उम्मेदवार चेतराज ओझासँग एमाले प्यानलका उम्मेदवार भरतराज जोशी पराजित भएका हुन् ।

ओझाले ७३२९मत पाउँदा जोशीले ६८७२ मत पाएका थिए ।

लेखा सुपरीवेक्षण समितिको संयोजकमा पनि एमाले उम्मेदवार पराजित भएका छन् । चेतराज जोशीसँग मदनराज ओझा पराजित भएका हुन् । जोशीले ७१७५मत पाउँदा ओझाले ७४४७मत पाएका थिए ।

लेखा सुपरीवेक्षण समिति सदस्यमा दुवै समूहका एक एक जना निर्वाचित भएका छन् । एमालेको तर्फबाट उम्मेदवार बनेका गणेश प्रसाद उपाध्याय र गठबन्धनको तर्फबाट उम्मेदवार बनेका लक्ष्मी राज पन्त विजयी भएका हुन् । उपाध्यायले ७१४१ मत पाएका थिए भने पन्तले ७०२५ मत पाएका थिए । लेखा सुपरीवेक्षण समिति सदस्यमा सरस्वती वली र सिता विके पराजित भएका थिए ।

वली एमाले प्यानलकि उम्मेदवार हुन् भने बिक गठबन्धन प्यानलकि उम्मेदवार हुन् ।

सञ्चालक समिति सदस्यमा मिश्रित नतिजा आएको छ । एमालेको तर्फबाट इन्दिरा जैसी , गोपाल पाठक, घनबहादुर शाह, डा। महेशराज विष्ट, विश्वनाथ ओझा
शिव कुमार जोशी विजयी भएका छन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका उत्तम जोशी, उपेन्द्र विष्ट, केशवराज मिश्र, गणेश बम, जयराज जोशी विजयी भएका छन् ।

गठबन्धनबाट विजयी हुने धेरैजसो काङ्ग्रेसनिकट हुन् । पराजित हुने माओवादी तथ नेकपा एसनिकट छन् ।

सहकारी संस्थामा २९ हजार ५ सय ७७ शेयर सदस्य रहेकोमा १७ हजार ८० मत खसेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा