एजेन्सी । इंग्लिस प्रिमियर लिगको अन्तिम १६ को दोस्रो लेगमा म्यानचेस्टर युनाइटेड र एथ्लेट्रिको मड्रिडबीच प्रतिस्पर्धा हुँदैछ। सो खले नेपाली समयानुसार मंगलबार राति (बुधबार बिहान) १ः४५ बजे शुरु हुनेछ।
पहिलो लेगमा दुबै टोलीले एक–एक गोलको बराबरी खेलेका थिए। एथ्लेटिकोको घरेलु मैदानमा भएको सो खेलमा एथ्लेटिकोका लागि जोएओ फेलिक्स र युनाइटेडका लागि एन्थोनी इलांगाले गोल गरेका थिए। दोस्रो लेग भने युनाइटेडको घरेलु मैदान वल्ड ट्रासफोर्डमा हुनेछ।
एथ्लेटिकोसँग खेल्नुअघि युनाइटेडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले कडा प्रतिक्रिया दिएका छन्। उनले च्याम्पियन्स लिग जित्ने सपना जीवित राख्ने गरी बताएका छन् । सो खेललाई गज्जबको माहोल बनाउन उनले म्यानचेस्टर युनाइटेडका समर्थकलाई आग्रह पनि गरेका छन् ।
रोनाल्डोले लेखेका छन्, ‘यो त्यो दिन हो जसलाई हामी सबैले पर्खिरहेका छौं। यो वल्ड ट्राफोर्डलाई ‘थिएटर अफ ड्रिम्स’ किन भनिन्छ भनेर देखाउने एक मौका हो।’ रोनाल्डोले सामाजिक संजालमा लेखेका छन्।
च्याम्पियन्स लिगको सपनालाई जीवित राख्नको लागि घरेलु मैदानको वातावरण पछिल्लो खेलमा जस्तै राख्न आवश्यक रहेको रोनाल्डोले सामाजिक संजालमा उल्लेख गरेका छन्। च्याम्पियन्स लिगको सपना पूरा गर्न सबै एक हुनु पर्नेपनि रोनाल्डोले बताएका छन
‘पछिल्लो घरेलु खेलमा देखिएको गज्जबको वातावरणलाई पुनः सिर्जना गरौं र हाम्रो च्याम्पियन्स लिगको सपनालाई जीवित राखौं’ उनले थपेका छन् ।
याे पनि पढ्नुहाेस्:
एजेन्सी । युइएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगमा म्यानचेस्टर युनाइटेड र एथ्लेटिको मड्रिडबीच प्रतिस्पर्धा हुँदैछ। सो खेल नेपाली समयअनुसार मंगलबार राति (बुधबार बिहान) १ः४५ बजे शुरु हुनेछ।
अन्तिम १६ को पहिलो लेगमा यी दुई टोलीले १–१ गोलको बराबरी खेलेका थिए। सो खेलमा एथ्लेटिको मड्रिडका लागि जोएओ फेलिक्सले गोल गरेका थिए भने युनाइटेडका लागि एन्थोनी इलान्गाले गोल गरेका थिए। दोस्रो लिग दुबै टोलीका लागि क्वाटरफाइनल प्रवेशका लागि निर्णायक रहनेछ।
हालसम्म यी दुई टोलीबीच ३ खेलमा मात्र प्रतिस्पर्धा भएको छ। ३ मध्ये एथ्लेटिको मड्रिडले १ खेल जितेको छ भने २ खेल बराबरीमा सकिएको छ। यो खेलमा जित निकाल्दै दुबै टोली क्वाटरफाइनल पुग्ने दाउमा रहेका छन् ।
स्ट्याण्डर्ड डट सिओ डट युकेको अनुमान
म्यानचेस्टर युनाइटेड २–१ एथ्लेटिको मड्रिड
सीबीएस स्पोर्ट्सको स्कोर अनुमान
म्यानचेस्टर युनाइटेड १–१ एथ्लेटिको मड्रिड