शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

आगामी चुनावमा काँग्रेस एक्लै आए कर्‍याककुरुक बनाइदिन्छौ : ओली


  • मंगलबार, चैत्र १ २०७८
13.8K
SHARES

फाइल तस्विर

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनसँग चुनावी एजेण्डा नै नभएको बताएका छन्।

अखिल नेपाल महिला संघको आयोजनामा भएको कार्यक्रममा बोल्दै ओलीले विरोधीहरुसँग विरोध गर्ने कुरा नै नभएको बताए। आफ्नो कार्यकालमा धेरै काम गरेको, विकास समृद्धिको लक्ष्य लिएको, विकासोन्मुखबाट देशलाई विकाशील बनाएको, दिगो विकासको लक्ष्य नजिक पुर्‍याउन धेरै काम गरेको दाबी गर्दै ओलीले विरोध गर्ने ठाउँ नै नभएको बताए।

‘कांग्रेसले एमालेको भण्डाफोर गर्ने रे, के भण्डाफोर गर्ने? हामीले राम्रो काम गरेका छौं। सुखी नेपाल समृद्ध नेपालको नारालगायतका धेरै योजना अघि बढाएका छौं’ उनले भने, ‘कांग्रेस, माओवादी केन्द्र हाम्रो प्रतिस्पर्धी नै होइनन्।

एमाले बलियो रहेछ, एक्लै जान हुँदैन भनिरहेका छन्। एक्ला एक्लै आए त कर्‍याक कुरुक हुन्छन्।  एक्ला एक्लै नआए पनि केही फरक पर्दैन। हामी कांग्रेसको भण्डाफोर गर्दैनौं, के नै गरेका छन् र उनीहरुले।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा