नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुडा कर्कट जम्मा गर्ने डस्विन नभएको बताएका छन् । मंगलबार अनेमसंघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपाल र झलनाथ खनाललगायतलाई कुडा कर्कटको संज्ञा दिँदै त्यस्ता मान्छेहरूलाई पुनः पार्टीमा भित्र्याउने पक्षमा एमाले नरहेको बताए । उनले नेपाल र खनालहरूको नामै नलिइ कुडा कर्कटको संज्ञा दिएका हुन् ।
कुडाकर्कट जम्मा गर्ने डस्विन होइन एमाले । सुन्दर भविष्यतर्फ उन्मुख कार्यकर्ताको पार्टी हो । मरिच चाउरिएझै चाउरिनेहरुको पार्टी होइन’ओलीको भनाइ छ । उनले कम्युनिस्ट एकता गर्नुपर्छ भन्ने एमालेभित्रकै आवाजप्रति लक्षित गर्दै उनले नेपाल र खनाललाई एमालेमा भित्रयाउने कुरा डेट एक्सफायर औषधी खाएर विरामी पर्नु जस्तो मात्रै हुने बताए ।
‘आउटडेटेड औषधी खाएर स्वास्थ्य विगार्नु हुँदैन । कोही पनि नभएका, सबैले छोडेका मान्छे ल्याएर आसन ग्रहण गराएर केही हुँदैन’, ओलीले नयाँ र फ्रेस मानिसहरु एमालेप्रति आकर्षित भइरहेका भन्दै तराईबाट बस चढेर काठमाडौंमा आउने क्रम बढिरहेको बताए । उनले वर्तमान सरकारले पुस्तकमा चुच्चे नक्सा हटाएर बुच्चे नक्सा राखेको भन्दै त्यहीबाट हैसियत थाहा भएको बताए ।
‘प्रधानमन्त्रीको तर्फबाट छापिएको पुस्तकमा, आफैले पास गरेको चुच्चे नक्सा सर्वसम्मतिले । तर त्यो नक्सा फेरबदल गरेर किताब छाप्नुभयो । उहाँहरुको मनसाय के हो ? यस्तो सरकार फेर्नै पर्छ’, ओलीको भनाइ छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।