
३० साउन, काठमाडौं ।
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा नाम जोडिएपछि पक्राउ परेका सिधा कुरा जनतासँगका संचालक रवि लामिछाने, उनका सहयोगी युवराज कडेंल र पुडासैनीसँग नाम जोडिएकी ओखलढुंगाकी अस्मिता कार्कीलाई चितवन लगिएको छ ।
तीनै जनालाई प्रहरीको भ्यानमा राखेर चितवनतर्फ लिएर अएको प्रहरीले जनाएको छ ।
पत्रकार पुडासैनीले चितवनको एक होटलमा सुसाइट अघि भिडियो रेकर्ड गरेका थिए । सो भिडियोमा रबिसहितका ३ जनाका कारण आत्महत्या गर्न वाध्य भएको उनले बताएका थिए ।
काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहका अनुसार न्युज २४ को कार्यालयबाट पक्राउ परेका रबि र युवराजसहित सुस्मितालाई पनि सँगै राखेर चितवन प्रहरीको जिम्मा लगाइएको हो ।
चितवन प्रहरीले दिउसो कार्की र साँझ रबि लामिछाने र युवराज कडेंललाई पक्राउ गरेको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।