शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

तेस्रो विश्वयुद्ध हुन नदिन बाइडेनले निकाले यस्तो आइडिया, विश्वभरबाट प्रशंसाको ओइरो !


  • मंगलबार, चैत्र १ २०७८
9.4K
SHARES

फाइल तस्विर

वासिङटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार युक्रेनमा रुससँग लड्न अमेरिकाले आफ्ना सेना नपठाउने बताएका छन्। उनले तेस्रो विश्वयुद्ध हुन नदिन अमेरिकाले युक्रेन–रुस प्रकरणमा प्रवेश नगरी संयमता अपनाउने बताएका हुन् ।

उनले ट्विट गर्दै, आफूहरु पूर्ण शक्तिका साथ नाटो क्षेत्रको प्रत्येक इन्चको रक्षा गर्ने बताए। उनले भने, हामी पूर्ण शक्तिका साथ नाटो क्षेत्रको प्रत्येक इन्चको रक्षा गर्छौं तर युक्रेनमा रुससँग लड्दैनौं। नाटो र रुसबीचको प्रत्यक्ष लडाइ तेस्रो विश्वयुद्ध जस्तै हुनेछ।

बाइडेन पटक-पटक अमेरिकाले युक्रेनमा लडाईका लागि आफ्ना सैनिक नपठाउने बताउँदै आएका छन्। तर युक्रेनी राष्ट्रपति भोलोडिमी जेलेन्स्कीले बारम्बार नाटोसँग सैन्य सहयोग मागेका छन्।

राष्ट्रपति जो बाइडेनले रुस र नेटो सेनाबीच सिधै युद्ध भए तेस्रो विश्व युद्ध सुरु हुने निश्चित रहेको बताए । उनले तेस्रो विश्व युद्ध हुन नदिनका लागि पनि आफूहरु संयमित रहेको बताए ।

उनले उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोका सदस्य देशले युक्रेन र रुसबीच भइरहेको युद्धलाई संयमित भएर रोक्ने प्रयास गर्ने पनि बताएका बीबीसीले जनाएको छ । बाइडेनको यो कदमको विश्वशान्तीमा योगदान दिनेभन्दै विश्वभरबाट धेरैले प्रशंसा समेत गरेका छन् ।

जेलेन्स्कीले युक्रेनलाई नो फ्लाई जोन घोषणा गर्न पनि माग गरेका छन्। तर, नाटोको सदस्य नभएको कारण पश्चिमी देशहरूले युक्रेनमा नाटोको हस्तक्षेप अस्वीकार गरे।

बरु अमेरिका र पश्चिमी देशहरूले रुसमाथि आर्थिक प्रतिबन्ध लगाउने तरिका अपनाएका छन्। युक्रेनमा रुसले आक्रमण गरेपछि अमेरिका र पश्चिमा राष्ट्रले रुसमाथि धेरै कडा आर्थिक प्रतिबन्ध लगाएका छन्। अमेरिकाले रुसबाट तेल आयातमा पनि प्रतिबन्ध लगाएको छ।

शुक्रबार, बाइडेनले रूसी वाइन, समुद्री खाना र हीराको आयातमा प्रतिबन्ध लगाए। योसँगै रुसका अन्य ठूला व्यापारीमाथि पनि प्रतिबन्ध लगाइँदैछ। -बीबीसी


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा