आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

आगामी चुनावमा बाजी मार्ने दाउमा झाँक्री, हान्दै छिन् मौकामा चौका !


  • सोमबार, फाल्गुन ३० २०७८
15.7K
SHARES

फाइल तस्विर

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्री आगामी संघीय चुनाव आफ्नो पोल्टामा पार्ने दाउमा लागेकी छन् । उनले आउने चुनावमा आफ्नो गृहजिल्लाबाट प्रत्यक्षमा सांसदको चुनाव जित्ने दाउमा लागेका हुन् ।

उनले मौकामा चौका हान्न थालेकी छन् । झाक्रीले गृह जिल्ला गुल्मीको दुई वटा पालिकामा एकैसाथ ५०–५० करोड बजेट पारेकी छन् ।

नेकपा एकीकृत समाजवादीकी नेतृसमेत रहेकी उनले उनको मन्त्रालयबाट देशभरका ४५ वटा नगरपालिकामा सञ्चालन हुने सघन सहरी विकास कार्यक्रम मध्ये गृह जिल्ला गुल्मीका दुई वटा नगरपालिका रेसुङ्गा र मुसिकोटमा ५०–५० करोड रुपैयाँका दरले बजेट पठाउन पहल गरेकी हुन् ।

सहरी विकास मन्त्रालयले सञ्चालन गर्ने उक्त कार्यक्रमका लागि यी दुई नगरपालिकामा ५० करोडका दरले एक अर्ब रकम अर्थमन्त्रालयले विनियोजन गरेको एकीकृत समाजवादी गुल्मीका अध्यक्ष नरेश भण्डारीले बताए ।

दुई वर्षे कार्यकाल उक्त कार्यक्रमको रहेको भन्दै अध्यक्ष भण्डारीले असारभित्रैमा टेण्डर हुने र दुई वर्षपछि पनि यो कार्यक्रम थपिन सक्ने बताए ।

सदरमुकामका सडकहरूको स्तरोन्नती, व्यवस्थित ढल–नाली, पार्क– प्रतिक्षालय लगायतको काम सम्पन्न गर्नु दुई नगरपालिकामा बजेट पार्न पहल गरेपछि मन्त्री रामकुमारी झाँक्रीलाई जनप्रतिनिधि तथा समाजसेवीहरुले धन्यवाद दिएका छन् ।

रकम विनियोजन भए लगत्तै सहरी विकास मन्त्रालयबाट सह–सचिव कोषनाथ अधिकारीसहितको टोली यी दुबै नगरपालिकामा पुगेर योजना प्राथमिकिकरण गरेर फर्किएको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिृकत भक्तिराम मरासिनीले जानकारी दिए ।

उनका अनुसार ५० करोड मध्ये ५० प्रतिशत सडकको स्तरबृद्धिमा खर्च गरिने कार्यविधि रहेको छ । ३० प्रतिशत आर्थिक क्षेत्रको पूर्वाधारतर्फ खर्च गरिने र १५ प्रतिशत सामाजिक सुधार कार्यक्रम अन्तर्गत पाटी, पौवा, प्रतिक्षलय र पार्क निर्माण लगायतमा खर्च गरिने छ ।

उक्त कार्यक्रमको सहरी विकास डिभिजन कार्यालय भैरहवाले सुपरभिजन गर्नेछ भने गुल्मी तम्घासमै रहेको सहरी विकास कार्यालयले कार्यान्वयन गर्ने एकीकृत समाजवादी लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य श्रीराम महतले बताए ।

मन्त्री भएको छोटो समयमै एउटै पालिकालाई एकै साथ ५० करोड रकम पार्न सफल भएको भन्दै समाजवादी गुल्मीका नेताहरुले गुल्मी जिल्लावासीका लागि झाँक्री आशाको दियो बनेको बताएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा