आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

प्रचण्डको निद हराम हुनेगरी गगनले खोलिदिए पोल !


  • सोमबार, फाल्गुन ३० २०७८
12.1K
SHARES

फाइल तस्विर

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को निदहराम हुनेगरी पोल खोलिदिएका छन् । थापाले पार्टीमा निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताएपछि प्रचण्डको निद हराम भएको हो ।

आगामी चुनावमा गठबन्धनमा जाने वा एक्लै जाने भन्ने विषयमा अब छलफल सुरू हुने थापाले बताए। प्रेस युनियन सुर्खेतले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन्।

‘कांग्रेस अहिले अन्य दलसँग गठबन्धनमा छ। यो नेपालको आवश्यकता हो,’ उनले भने ।

उनले अगाडि भने, ‘यो गठबन्धनलाई थप मजबुत बनाएर स्थानीय चुनावमा जाने भन्नेमा अलमल केही पनि छैन।’

उनले २०५६ सालको सन्दर्भलाई स्मरण गराउँदै भने, ‘त्यति बेला तत्कालिन आवश्यकताका आधारमा कांग्रेस र एमालेको संयुक्त सरकार बनेको थियो। दुईवटै पार्टी मिल्नुपर्छ भनेर हामीले चुनाव गरायौँ तर हामी चुनावमा तालमेल नगरी एकअर्काबीच प्रतिस्पर्धा गरेर चुनाव लड्यौँ।’

उनका अनुसार यो पटक पनि चुनावमा तालमेल गरेर जाने कि एक्लाएक्लै लड्ने भन्ने विषयमा बल्ल छलफल सुरू भएको छ।

महामन्त्री थापाले पार्टीभित्र गठबन्धनमा निर्वाचन लड्ने र आफ्नै तागतमा निर्वाचन लड्ने दुई वटा मत रहेको भन्दै चैत दोस्रो साताभित्र निर्णय हुने स्पष्ट पारे।

अहिले कांग्रेसले चुनावी अभियान सञ्चालन गरिरहेको भन्दै तल्लो तहका कमिटी र नेताहरूको रायका आधारमा पार्टीको केन्द्रीय कमिटीले निर्णय गर्ने उनले बताए।

महामन्त्री थापाले कांग्रेस पार्टीभित्र भागबण्डाको अन्त्य गर्न खोजेको बताए। पार्टीभित्र हुने भागबण्डाको प्रक्रियाको अन्त्य गरी विधिअनुसार अघि बढेको उनको भनाइ थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा