आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

जसपाको सिंगो जिल्ला पार्टी माओवादीमा समाहित


  • सोमबार, फाल्गुन ३० २०७८
12.5K
SHARES

एकाठमाडौँ – बाबुराम भट्टराई र उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएको छ । यो हुम्लाको खबर हो ।

हुम्लामा रहेका जसपाका चार केन्द्रीय सदस्यसहित एक हजार एक सय नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा समाहित भएका छन् ।

आइतबार हुम्लामा भएको कार्यक्रममा ठूलो संख्यामा जसपा नेपालका नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

सदरमुकाम सिमकोटमा आयोजित कार्यक्रममा जसपा नेपालका एक हजारभन्दा बढी नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा सामेल भएको जनाइएको छ ।

माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीकी अध्यक्ष विमला केसीका अनुसार जसपा नेपालका विरजङ्ग शाहीसहित ४ जना केन्द्रीय सदस्य माओवादीमा प्रवेश गरेको बताइन् ।

उनका अनुसार १५ जना प्रदेश सदस्य, ८३ जना जिल्ला कमिटी सदस्य र जिल्लाभित्रका सबै स्थानीय तह अन्तर्गतका समिति सदस्यसहित एक हजार एक सय नेता, कार्यकर्ता माओवादी केन्द्रमा सामेल भएका हुन् ।

नवप्रवेशी टोलीलाई कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पार्टीमा स्वागत गरेका थिए ।

‘कार्चेन लामालाई प्रदेश मन्त्री बनाएपछि हुम्लामा माओवादीको जनाधार बलियो हुँदै गएको छ,’ नेकपा माओवादी केन्द्रका एक जना स्थानीय नेताले भने ।

कर्णाली प्रदेशमा माओवादी केन्द्र प्रवेश गर्नेको लहर लागेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा