ग्रीन भेन्चर्स लिमिटेडले चैत ८ गतेदेखि सर्वसाधारणलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिकात्ता १०० रुपैयाँ अंकित मूल्यमा ३१ करोड २५ लाख बराबरको ३१ लाख २५ हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।
सार्वजनिक निष्कासन गर्न लागेको सेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता कम्पनीको कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २५० कित्ता सामुहिक लगानी कोषहरुमा बाँडफाँड गरिने कम्पनीको आह्वान पत्रमा उल्लेख छ । बाँकी रहेको २८ लाख ७५ हजार कित्ता सेयरका लागि भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसमम रहनेछ । आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि दिन सकिने छ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी आईएस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।
कम्पनीले हालै मात्र ओखलढुंगा र रामेछापका आयोजना प्रभावितलाई सेयर निष्काशन गरेको थियो । अब सर्वसाधारणलाई आईपीओ निष्काशन गरेपछि कम्पनीको चुक्तापुँजी ३ अर्ब १२ करोड पुग्नेछ । कम्पनीले ओखलढुंगामा ५२.४ मेगावाटको लिखु ४ हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।