नुवाकोटको किस्पाङ गाउँपालिकाको भवनको उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा एमाले नेता भीम रावल उपर खनिएका छन् ।
देउवाले नेता रावलले एमसीसीको विरोध गर्दै हिँड्दा लाज लग्नु पर्ने समेत बताए । आफैं मन्त्री हुँदा एमसीसी अगाडि बढाउने अहिले आएर विरोध गर्दै हिँड्नुको अर्थ नहुने बताएका छन् ।
प्रधानमन्त्री देउवाले भने– आफैँ रक्षा मन्त्री भएको क्याबिनेटबाट पास गरेर एमसीसी पास गर्न संसदमा ल्याउने, अहिले किन टाउको दुख्यो ? उस बेला दिमाग खुस्क्याथ्यो ? त्यो बेला किन विरोध नगरेको ? राजीनामा गर्नुपर्दैन, लाज छैन ?
उनले थपे, ‘आफैं पास गर्ने, मन्त्री हुने, राजीनामा किन गर्नुभएन? के हेरेर बसेका थिए? उनले राजिनामा गर्नुपर्थ्यो ’ भन्दै प्रधानमन्त्री देउवा नेता भिम रावल उपर खनिएका हुन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।