रत्नपार्क किङ मुकुन्देले प्रचण्ड नृतत्वमा रहेको माओवादी पार्टीलाई व्यङ्ग गरेका छन् ।
उनले पछिल्लो समय गायक प्रकाश सपुतले निकालेको गीतको सम्बन्धमा माओवादी पार्टीका भातृसंगठनले गरेको विरोधलाई लक्षित गरी ‘गाइनेसँग तर्सिने कस्तो पार्टी होला ? डाडुमा पानी तताएर मर्नु जाती होला ‘ भन्दै व्यङ्ग्य गरेका हुन् ।
अहिले गायक प्रकाश सपुतले निकालेको नयाँ गीतले बजार तातेको छ । सपुतले माओवादी छापामारको कहानीलाई गीतको माध्यमबाट भिडियोमा उतारेका छन् ।
उक्त भिडियोले माओवादी युद्धको मर्म माथि प्रहार भएको भन्दै माओवादी भातृसंगठन हरुले विरोध गरेका छन् । यसैलाई लक्षित गरी मुकुन्देको बिचार आएको हो ।
‘पहाडमा रेलैरेल । मधेसमा खेतैखेत । ट्याक्टरले खेत जोत्ने । हेलिकप्टरले बीउ छर्ने । १० करोडसम्म जनतालाई सुखले पाल्ने । र, ३६५ दिन नै दसैं घोषणा गर्ने मुकुन्दल्याण्डको सपना बाड्ने मुकुन्देको माओवादी पार्टी लक्षीत कडा प्रतिक्रिया सामाजिक संजालमा भाईरल छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।