नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले नेता भीम रावलप्रति आक्रोश पोखेका छन् । प्रधानमन्त्री देउवाले मैले एमसीसी पास गराउँदा नेता रावलको टाउको किन दुख्यो भन्दै प्रश्न समेत गरेका छन् ।
प्रधानमन्त्री देउवाले भनेका छन्, ‘मन्त्रिपरषद्बाट आफ्नै सरकार हुँदा पास गरेर संसदमा पेस गर्दा त्यसबेला किन आलोचना गर्नुभएन। भीम रावलले के हेरेर बसे त्यसबेला ?’ नुवाकोटको किस्पाङ गाउँपालिका भवन उद्घाटन गर्न पुगेका देउवाले आक्रोशित हुँदै भने,’अहिले किन विरोध गर्दैछन् ? विरोध गर्ने भए त्यसेबला मन्त्रीबाट राजीनामा दिएर बाहिर आउनुपर्ने थियो।’
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा ल्याएको प्रस्तावलाई आफूले पारित गरेको बताउँदै देउवाले भने, ‘मैले एमसीसी पास गर्दा भीमबहादुर रावललाई किन टाउको दुख्ने ?’
रावल मन्त्री हुँदा एसमसीसीको प्रक्रिया अघि बढिरहेको सुनाउँदै देउवाले विरोध गर्ने भए उनी राजीनामा दिएर बाहिर आउनुपर्ने तत्कालीन समय सम्झाए। ‘एमसीसीको सबैभन्दा बढी खिलाफमा भीम रावल हुनुहुन्छ। त्यसबेला भीम रावलको दिमाग खुस्किएको थियो ? अहिले बोल्न लाज छैन ?’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।