शनिबार, साउन ३० २०८३
ताजा अपडेट

सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटना : दुई जनाको मृत्यु, चारको अवस्था गम्भीर


  • सोमबार, फाल्गुन ३० २०७८
11.1K
SHARES

फाइल तस्विर

सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। आइतबार राति दुधौली नगरपालिका-५ स्थित ठाकुरखोलाको तीन नम्बर पुलमा टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धिमणि नेपालले जानकारी दिए।

उनका अनुसार बाडेगाउँबाट बेहुली लिएर उदयपुरको कटारी जाँदै गरेको ना ३ ख ७४९० नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।

उदयपुर कटारी नगरपालिका घर भएका २४ वर्षीय अजय दनवार र १९ वर्षीय दिपेन्द्र कुँवरको मृत्यु भएको हो।‘उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो,’ प्रहरी निरीक्षक नेपालले भने।

बेहुला-बेहुली अर्कै गाडीमा गएका थिए। जन्ती बोकेको टिपर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरी निरीक्षक नेपालले बताए।

टिपरमा चालकसहित २८ जना सवार थिए। दुर्घटनामा परी ६ जना गम्भीर घाइते भएका थिए। बाँकी चार जनाको अवस्था भने अझै गम्भीर रहेको उनले बताए।

घाइतेको उपचारको लागि दुई जनाको दुधौलीस्थित अस्पताल, चार जनालाई काठमाडौं र ८ जनालाई विराटनगर पठाइएको छ। १० जनाको सामान्य उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा