सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह विजयी


  • सोमबार, फाल्गुन ३० २०७८
6.9K
SHARES

फाइल तस्विर

निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन्। महासंघको १२ औं महाधिवेशनबाट महादेव खिम्ती निर्माण सेवाका प्रमुख सिंह दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

सिंह नेपाली कांग्रेसनिकट हुन्। उनी कांग्रेसको जनजाति विभागमा थिए। सभापतिका लागि सिंहसहित निकोलस पाण्डे र हुमनाथ कोइराला प्रतिस्पर्धामा थिए।

सिंहले ८०७ मत ल्याएर निर्वाचित हुँदा निकोलसले ३४२ र हुमनाथले ३२ मतमात्रै पाएका थिए। वरिष्ठ उपाध्यक्षमा आङ दोर्जी लामा, टोपबहादुर रायमाझी र रामजी पन्थ निर्वाचित भए।

महासचिवमा रोशन दाहाल विजयी भए। उपमहासचिवमा शिवहरि घिमिरे र नरहरि थपलिया विजयी भएका छन्। कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा सन्तोष साह विजयी भएका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा