सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

२५ देशलाई पछि पार्दै भुपेन्द्र बने पहिलो, बढाए नेपालीको ठुलो शान !


  • सोमबार, फाल्गुन ३० २०७८
10.6K
SHARES

काठमाडौं । Korean friendship association (KFA) UK बेलायतको आयोजनामा भएको निवन्ध लेखन प्रतियोगितामा नेपालका भुपेन्द्र विश्वकर्मा प्रथम भएका छन् ।

प्रतियोगिता प्रतिश्पर्धामा विश्वका २६ देशबाट सहभागिता रहेको थियो । विश्वका सबै प्रतिश्पर्धिलाई उछिन्दै नेपालका भुपेन्द्र विश्वकर्मा प्रथम हुन सफल भएका हुन् ।

सन् २०२१ डिसेम्बरमा भएको उक्त निवन्ध लेखन अनलाईन प्रतियोगिताको नतिजा भर्खर प्रकाशन भएको हो । सो प्रतिश्पर्धाको पुरस्कार, प्रमाण पत्र र केही उपहारहरु हुलाक मार्फत प्राप्त भएको विश्वकर्माले बागमती पेजलाई जनाएका छन् ।

विश्वभरबाट सहभागी मध्ये प्रतिश्पर्धा गरेर प्रथम हुँदा सिन्धुलीका भुपेन्द्र विश्वकर्मा निकै उत्साहित बनेका छन् । प्रतियोगिताबाट प्रथम हुन सफल भएका विश्वकर्मा आगामी दिनमा समेत यस किसिमका प्रतियोगितामा सहभागिता जनाउन थप उत्प्रेरित बनेका छन् ।

को हुँन्, भुपेन्द्र विश्वकर्मा ?

भुपेन्द्र विश्वकर्मा प्रख्यात र लोकप्रिय अंग्रेजी भाषा प्रशिक्षक हुन् । उनले अंग्रेजी भाषा सिक्न सजिलो हुने वैज्ञानिक प्रणालीको विकास गर्नुको साथै अंग्रेजी भाषाका विभिन्न किताबहरु समेत लेखेका छन् । विश्वकर्माले सिन्धुलीमाढीमा विगत नौं वर्ष देखि आफैले London institute of English language संचालन गरेका छन् । लण्डन भाषा सेन्टरमा पढ्ने सबैखाले विद्यार्थीलाई ३ महिनाभित्र बोल्न, पढ्न र लेख्न सक्षम बनाउने उनको दावी छ ।

गैर राजनीतिक, सहयोगी र उद्धारवादी स्वभावका भुपेन्द्र विश्वकर्माले अंग्रेजी भाषाको लागि नेपालको सबैभन्दा राम्रो अंग्रेजी भाषा संस्था बनाउन सक्षम भएका छन् ।

Korean friendship association (KFA) भनेको केहो ?

प्रजातान्त्रिक गणतन्त्र कोरिया उत्तर कोरिया को सामाजिक, साँस्कृतिक तथा जनजिवन सँग सम्बन्धित अध्ययन गर्ने उदेश्यले स्थापना गरिएको एउटा स्वयंसेवी संस्था हो । यसले कोरियाको बारेमा सत्य, तथ्य जानकारी समेत उपलब्ध गराउँछ ।

कोरियाका केही रमाईला तथ्यहरु :

उत्तर कोरिया विश्वको एक मात्र पुर्ण रुपमा आत्मनिर्भर देश हो ।
कोभिड चिनमा शुरु भएदेखि यसले हाल सम्म पनि सबै सिमानाका पुर्ण रुपमा बन्द गरिरहेको छ ।
कोभिड बाट एकजना पनि संक्रमित हुन दिएको छैन । यो पुर्ण रुपमा कोभिड-१९ फ्रि देश हो ।
शिक्षा, स्वास्थ्य सेवा र आवाशिय घरहरु सबैजनालाई निःशुल्क रुपमा उपलब्ध गराउँदछ ।
देशका सबै जनतालाई रोजगारीको ग्यारेन्टी गरेको छ ।
खानेकुरा, लाउने कपडा र मनोरञ्जन पनिसुपथ मुल्यमा सरकारले नै उपलब्ध गराउछ ।
१०० प्रतिशत जनताहरु शिक्षित छन् । अपराध अत्यन्त न्युन छ ।
यो विश्वको सबैभन्दा इमान्दार, बुद्धिमानी र दयालु नागरिकहरुले भरिएको देश हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा