शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

माओवादीका चार संगठनको चेतावनी: प्रकाश सपुत प्रतिगमनका मतियार, भिडियो हटाई माफी माग


  • सोमबार, फाल्गुन ३० २०७८
10.8K
SHARES

फाइल तस्विर

माओवादी केन्द्रका चार जनवर्गीय संगठनले शुक्रबार सार्वजनिक प्रकाश सपुतको म्यूजिक भिडियो ‘पीर’को विषयवस्तुप्रति आपत्ति जनाएका छन्।

दश बर्षे महान जनयुद्धमा जनमुक्ति सेनाहरुले गरेको योगदानप्रति अपमान गर्दै जनयुद्धलाई नै विद्रुपीकरण गर्न खोजिएको उक्त म्युजिक भिडियो तत्काल हटाउन माग गरिएको छ।

भिडियोले जनयुद्धको योगदानको अपमान गर्नु, त्यसको बचाउमा एमाले सम्बद्ध भ्रातृ संगठहरु अगाडि आउनुले यो प्रकाश सपुतकोमात्र सिर्जना मान्न नसकिने संगठनहरुको ठहर छ। उनीहरुले गायक सपुत प्रतिगमनको मतियार बनेको आरोप पनि लगाएका छन्।

सामन्तवादी राजतन्त्रात्मक राज्य व्यवस्थाको अन्त गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नुका साथै वर्गीय, जातीय, लिङ्गीय एवं क्षेत्रीय उत्पीडन एवं सबैखाले विभेदको अन्त्य गर्न जनयुद्धको महत्वपूर्ण देन रहेको भन्दै संगठनहरुले यसको अपमान सैह्य नहुने चेतावनी दिएका छन्।

विज्ञप्तिमा जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा सङ्घका इन्चार्ज दिपेन्द्र कुमार पुन, अखिल नेपाल महिला संङ्घ (क्रान्तिकारी)का अध्यक्ष अमृता थापामगर, जनसांस्कृतिक महासङ्घ, नेपालका अध्यक्ष मातृका पोखरेल, प्रेस सेन्टर, नेपालका अध्यक्ष विष्णु सापकोटाले हस्ताक्षर गरेका छन्।

यसअघि वाईसीएलका इञ्चार्ज रामप्रसाद सापकोटा र अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले गीत युट्युबबाट हटाएर माफी माग्न भनिसकेका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा