शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

ओली नक्कली कम्युनिस्ट हुन, जनताले ओली प्रवृत्तिलाई निमिट्यान्न पार्नु पर्छ : खनाल


  • आइतबार, फाल्गुन २९ २०७८
12K
SHARES

फाइल तस्विर

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झालनाथ खनालले एमाले अध्यक्ष केपी ओली खोल ओडेका नक्कली कम्युनिस्ट भएको आरोप लगाएका छन् । लामो समय एउटै पार्टीमा सहकार्य गरेका नेता खनालले ओलीलाई नक्कली कम्युनिस्ट भनेका हुन् ।

नेता खनालले नेपालमा कम्युनिस्टको खोल ओढेर गैर कम्युनिस्ट भएकाहरूले मुलुक र जनताको हित नगर्ने  बताएका हुन् । एकीकृत समाजवादीको भक्तपुर नगर समितिले शनिवार गरेको नगर स्तरीय भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीजस्ता यहाँ धेरै नक्कली कम्युनिस्ट नेता र पार्टी रहेको समेत खनालले बताएका थिए ।

‘ओली जस्ता कम्युनिष्टको खोल ओढेर बसेकालाई जनताले अब चिनेर भ्रम हटाउनुपर्छ’, उनले भने । उनले यस्ता नक्कली कम्युनिष्टले दलाल पुँंजीपति वर्गको सेवा गर्ने जनाए ।

एकीकृत समाजवादीले मुलुकमा समाजवाद स्थापना गर्ने मार्क्सवादी र लेनिनवादी सिद्धान्त लिएको तर एमालेले भने पुँजीवादी बाटो अंगालेको उनको तर्क थियो ।

एमाले पार्टीमा लामो सहकार्य र एमाले पार्टीको नेतृत्व समेत गरी सकेका झालनाथ खनालले ओलीलाई नक्कली कम्युनिस्ट भन्नुलाई अर्थ पूर्ण रूपमा लिइएको छ । अहिले भलनाथ खनाल एमालेबाटै अलग भएर बनेको माधव नेपाल नृतत्वको समाजवादी पार्टीको सम्मानित नेताको रूपमा सक्रिय राजनीतिमा छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा