सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने उपमहासचिव ज्ञवालीको दाबी


  • आइतबार, फाल्गुन २९ २०७८
12K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले आगामी निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बन्ने दावी गरेका छन् ।

सत्ता गठबन्धनमा रहेका दलहरुले एकल बहुमत हाशिल गर्न नसक्ने भएकै कारण निर्वाचनलाई पर धकेल्ने प्रयास गरेको समेत उनले आरोप लगाएका छन् । एमालेको दवावपछि स्थानीय निर्वाचनको मिति तय गरिएको समेत उनको भनाई छ । तेता ज्ञावालीले गठबन्धन दल निर्वाचनबाट भाग्न सबै उपाए खोजेपनि जनताको र एमालेको दवाव थेग्न नसकेर चुनाव हुने पक्का भएको बताएका हुन् ।

एमालेप्रति जनताको आर्कषण देखेर सत्ता गठबन्धन दलहरुले एक्लै चुनाव लड्ने स्थितिमा पुगेको उहाँले बताउनुभयो । गुल्मी रुरु क्षेत्र–रुपन्देही सम्पर्क मञ्चले बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आज ९आइतबार० उहाँले निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन समेत दिनुभएको छ ।

नेकपा एमाले मुलुकको पहिलो शक्तिका रुपमा स्थापित हुने दावी गर्दै उनले नेता कार्यकर्तालाई निर्धक्क भएर निर्वाचनको तयारीमा लाग्न आग्रह समेत गरेका छन् ।

नेता ज्ञावालीले एमाले एक्लै चुनाव लडेर मुलुक भरका स्थानीय तहमा जित हाशिल गर्ने सुनिश्चि भएको दावी गर्दै त्यसको प्रमाण एमाले बाहेका दलहरुको गठबन्धनको तयारी र प्रधानमन्त्री समेतले गठबन्धन दललाई नचिडाउँन दिएको निर्देशनले काग्रेस समेत एमालेसँग एक्लै चुनाव लड्न सक्दैन भन्ने प्रमाण भएको बताएका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा