जनता समाजवादी पार्टी (जसपा) संघीय परिषदको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकका अरु राजनीतिक शक्तिको विश्लेषण गरेका छन् ।
शनिबार काठमाडौंमा सुरु भएको बैठकमा संघीय परिषद् अध्यक्ष भट्टराईले पेश गरेको प्रस्तावमा कांग्रेस र कम्युनिष्टको ब्राण्डनाम बाहेक कांग्रेस र एमालेको नीतिमा भिन्नता नभएको उल्लेख गरेका छन् ।
उत्पीडित राष्ट्रियताहरुको पहिचान, अधिकार र मुक्ति, शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तनको प्रश्नमा नेकपा माओवादी केन्द्र कांग्रेस र एमालेभन्दा थोरै लचिलो र उदार देखिएको उनले बताएका छन् । तर माओवादीले यस्ता मुद्दामा पनि अवसरवादी नीति अख्तियार गरेको भन्दै उनले आफ्नो प्रतिवेदनमा लेखेका छन्, ‘एमालेसँग एकताको अवधिमा माओवादी केन्द्रले यी सबै सवाल छोडेको थियो र एमाले जस्तै भएको थियो ।
हालै एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी के कति कारणले एमाले र माओवादी केन्द्रभन्दा भिन्न भन्ने अझै प्रष्ट भइनसकेको उनले बताएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।