शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

५० वर्षमाथिका सबैको मिर्गौला, कलेजो, मुटु अब सरकारले नै निःशुल्क परीक्षण गरिदिने


  • शुक्रबार, फाल्गुन २७ २०७८
13.4K
SHARES

फाइल तस्विर

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको सरकारले ५० वर्षभन्दा माथि उमेर पुगेका नागरिकको वर्षको एकपल्ट मिर्गौला, कलेजो, मुटुलगायत रोगको नियमित परीक्षण गर्ने निर्णय गरेको छ । यो निर्णय गरे सँगै आम सर्वसाधारणलाई सहजता हुने अनुमान गरिएको छ ।

मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले पचास वर्ष माथिका जनताको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्न स्वास्थ्य मन्त्रालयले राखेको प्रस्तावलाई स्वीकृत गरेको छ।

शेरबहादुर देउवा नेतृत्वको सरकारको यो निर्णयले देशभरका आम सर्वसाधारणलाई टेवा पुग्ने बिश्वास गरिएको छ ।  अबदेखि ५० वर्षभन्दा माथिका नागरिकका लागि सरकारले नै स्वास्थ्य सेवाको दायित्व लिने भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा