शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

निर्माण व्यवसायीको अधिवेशनमा देउवाले भने- एमसिसीले ठेक्का खोल्छ, त्यो पार्न सफल हुनुस्


  • शुक्रबार, फाल्गुन २७ २०७८
11.6K
SHARES

फाईल तस्बिर

कांग्रेसका सभापति एबं प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी परियोजनाले नेपालमा काम गर्दा ठेक्का खोल्ने भएकोले त्यो ठेक्का पार्न सफल हुन नेपालका निर्माण व्यवसायीहरूलाई आग्रह गरेका छन्।

निर्माण व्यवसायी महासंघको काठमाडौंमा भएको २३ औं साधारण सभामा आज प्रधानमन्त्री देउवाले एमसिसी परियोजनाले विद्युत् प्रशारण लाइन र सडक मर्मतमा ठेक्का गर्ने भएकोले त्यो ठेक्का पार्न सफल हुन आग्रह गरेका छन्।

‘एमसिसीले अन्तर्राष्ट्रिय रूपमा ठेक्का आह्वान गर्छ। त्यो ठेक्का लिन नेपालसहित विभिन्न देशका कम्पनीले भर्न पाउँछन्,’ उनले भने, ‘एमसिसीको ठेक्का लिन तपाईंहरू सफल हुनुहोस्। म त्यसमा खुसी हुन्छु। ठेक्का लिन तपाईंहरूले ध्यान दिएर काम गर्नुस्।’

उनले नेपालमा एकै निर्माण कम्पनीले धेरै ठेक्का लिने गर्दा समयमै काम पूरा नहुने गरेकोसमेत बताए।उनले अधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गरेर नेतृत्व चयन गर्न पनि आग्रह गरेका थिए। प्रतिनिधि सभाबाट हालै एमसिसी परियोजना अनुमोदन भएको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा