शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

भीम रावलको प्रश्नः नेपाली भूभागमा भारतले आधिपत्य जमाउँदा सरकार किन मौन ?


  • बिहिबार, फाल्गुन २६ २०७८
11.6K
SHARES

फाइल तस्विर

नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले भारतले नेपाली भूमि मिच्दा सरकार मौन बसेको भन्दै आक्रोश पोखेका छन्।

दार्चुला सदरमुकाम खलंगामा नदीले कटान गरेको नेपाली भूभाग पनि मिचिनेगरी भारतले तटबन्धन बनाएको र स्थानीयले विरोध गर्दा ढुंगा हानाहानकै अवस्था सिर्जना भएका बेला सरकारले पहल नगरेको भन्दै रावलले आक्रोश पोखेका हुन्।

‘दार्चुलाको सदरमुकाममा बन कार्यालय समेतलाई महाकालीको बाढीले बगाएर कार्यालय रहेको भूभाग नदी पारी भारततर्फ परेको थियो,’ उनले भनेका छन्, ‘त्यसमा भारतले आधिपत्य जमाउन लागेको समाचार प्रमं देउवाले थाहा पाउनु पर्ने हो। सरकार मौन किनरु’

रावलले देशको भौगोलिक अखण्डताको रक्षाप्रति देशघाती सरकार मात्र उदासिन हुनसक्ने भन्दै आलोचना गरेका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा