आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

एमालेलाई हरियो चिन्हदेखि किन डर ? औचित्य पुष्टि गर्न आयोगलाई चुनौती


  • बिहिबार, फाल्गुन २६ २०७८
10.4K
SHARES

फाइल तस्विर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पार्टीको महिला संगठनले गरेको कार्यक्रममा महिला मुक्तिको मात्र कुरा गरेनन् ।

उनले आफ्नो दलको विरुद्धमा अदालत, सभामुख सरकार मात्र नभई निर्वाचन आयोगसमेत लागिपरेको आरोप लगाए । ओलीले आयोगलाई यस्तो आरोप लगाउनुको कारण थियो, आयोगले आगामी चुनावमा हरियो रङको चुनाव चिन्ह छाप्ने निर्णय ।

आयोगको सो निर्णय आफ्नो दललाई मान्य नहुने र त्यसबारे निर्वाचन आयोगसँग छलफल गर्ने ओलीले बताएका थिए । ओलीको यो टिप्पणीको आयोगले प्रतिरक्षा गरेको छ । अघिल्ला चुनावहरूमा पनि हरियो रङको चुनाव चिन्ह प्रयोग गरेको आयोगको भनाई छ ।

कालो, निलो, हरियो रातो सबै प्रकारका रङहरू यसअघिका चुनावमा प्रयोग भएको बताउँदै आयोगले मतपत्रमा हरियो चिन्ह राख्नु प्राविधिक कारण भएको दाबी गरेको छ ।

यता एमालेले आयोगको सो निर्णयको औचित्य पुष्टि गर्न चुनौती दिएको छ । चुनावको मुख्य सरोकारवाला पक्ष राजनीतिक दल भएकोले राजनीतिक दलहरूसँग परामर्श नगरी एकतर्फी रूपमा आयोगले कुनै निर्णय गर्न नहुने एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको धारणा छ ।

आयोग स्वतन्त्र संवैधानिक निकाय भएकोले उसले गरेको निर्णय राजनीतिक दलहरूले मान्नुपर्ने काँग्रेसको मत रहेको छ ।

आयोगले गरेको निर्णयमा राजनीतिक दलहरूको टिप्पणी आवश्यक नरहेको काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा बताउँछन् ।

चुनाव चिन्ह कस्तो रङको भनेर विवाद झिक्नु भन्दा पनि कम्युनिष्ट पार्टीहरूले बिचार र सिद्धान्त अघि सारेर बहस गर्नुपर्ने उनको तर्क छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा