काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूहरु नेपालमा वैज्ञानिक समाजवादी प्रणाली लागू गरे सबै नागरिककलाई समान हैसियतमा जिउने अवस्था सिर्जना गर्न संघर्ष गरिरहेको बताएका छन् । ग्यालेक्सी फोर के टेलिभिजनमा प्रष्ट वक्ता रमेश प्रसाई प्रस्तोता रहेको कार्यक्रम लाल मोहरमा विप्लवले वैज्ञानिक समाजवादी व्यवस्थाका लागि आफूहरुलाई साथ दिन युवा देखि सबै जनतालाई आह्वान समेत गरेका हुन् ।
तपाईहरुले चाहेको वैज्ञानिक समाजवादी व्यवस्था चीनको जस्तो हो अथवा उत्तर कोरियाको जस्तो हो भन्ने प्रस्तोता प्रसाईको प्रश्नको उत्तर दिदै विप्लवले नेपाललाई उत्तर कोरिया जस्तो बनाउन चाहेको बताए ।
सबैभन्दा सुविधा भएको देश उत्तर कोरिया भएको दाबी गर्दै विप्लव भन्छन्, उत्तर कोरिया पनि राम्रो छ, म गएर आए, मान्छेहरुले भ्रम फैल्याएका रहेछन् म तपाईलाई भन्छु संसारमा सबैभन्दा धेरै सुविधा भएको देश उत्तर कोरिया हो । त्यसपछि क्युब हो । तपाई जानुस् न एकचोटी हेर्नुस् न ।
विप्लव अगाडी थप्छन्, अनि साम्राज्यवादीहरुका रेडियो र टेलिभिजनले फुकेर भ्रम फैलाएको भरमा हुन्छ ? उत्तर कोरियामा को मान्छे भोको छ ? उत्तर कोरियामा को असमान छ ? धनी र गरिबीचको खाडल छैन् त्या । म आफैं गएर आएको छु नि ।
दक्षिण कोरियाको भन्दा उत्तर कोरियाको जनता धेरै शक्तिशाली र बलियो रहेको विप्लवको दाबी छ । उत्तर कोरिया आफ्नै ख्ट्टामा उभिएको देश भएको बताउदै उनले दक्षिण कोरिया अमेरिकाको गुलाम (उपनिवेश) भएको आरोप लगाए ।
दक्षिण कोरियामा ठूलठूला भवनहरु छन् भनेर तपाईले त्यो देश धनि छ भनेर् सोच्न्ुभएको होला तर केही दिन अघि मात्रै सुार्वजनिक भएको एक रिपोर्टले त्यहाका ७५ प्रतिशत युवायुवती डिप्रेशनमा रहेको तथ्य सार्वजनिक भएको छ ।, विप्लव भन्छन्, दक्षिणमा शासन अमेरिकाहरुले गर्छ । एउटा त्यहाँको सामान्य किसानले अमेरिकी राजदुतको गाला ब्लेडले चिरिदिएको सुन्नुभाको छ कि छैन् ?
उत्तर कोरियाबारे बाहिर फिजाईएका सबै भ्रम हुन् त्यहाँ जनताहरुले राम्रो शासन चलाएको उनको ठोकुवा छ । उनले कोभिडमा क्युबा र अमेरिकाको तुलना गर्दै स्वास्थ्य देखि हरेक क्षेत्रमा क्युबा अमेरिका भन्दा राम्रो सुविधासम्पन्न देश भएको दाबी गरे ।
त्यसैगरी विप्लवले ५०/ ६० बर्ष पहिले चीन नेपालभन्दा गरिब रहेको तर अहिले विश्वकै महाशक्ती सम्पन्न देश बनेको बताए । इतिहासका कालखण्डमा चीन आफ्नो पत्नीलाई बेचेर खाने देश भएको बताउदै नेपाल पनि अहिले त्यही दिशातर्फ अगाडी बढेको भन्दै उनले चिन्ता व्यक्त गरे । जनताले वैज्ञानिक समाजवाद नल्याएसम्म नेपाल अझै खाडलतिर भासिने विप्लवको भनाई छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।