शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

रुस–युक्रेन युद्धले लियो नयाँ मोड, युक्रेनको सीमाछेउमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको ईन्ट्री


  • बिहिबार, फाल्गुन २६ २०७८
12.4K
SHARES

एजेन्सी । युक्रेन–रुस युद्धमा स्थिति तीब्र रुपमा बदलिन थालेका छन् । युद्धको १५ औं दिन चलिरहँदा दुवै देशको तर्फबाट लतिलोपनको संकेत देखिएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूले युक्रेनलाई नेटोको सदस्यता दिनको लागि दबाब नदिएको बताएका छन् । जेलेन्स्कीको यो बयानपछि अब युद्ध छिटै अन्त्य हुने अपेक्षा गरिएको छ ।

यही बीचमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस युक्रेनको सीमाछेउको देश पोल्याण्ड र रोमानिया गएकी छिन् । उनले रुसी आक्रमणका विषयमा केन्द्रित रहेर दुवै देशका नेताहरुसँग छलफल गर्नेछिन् ।

उनले अमेरिकाले कसरी युक्रेनका छिमेकी देशहरुको समर्थन गर्न सक्छ भन्ने विषयमा चर्चा गर्नेछिन् । जो बाइडेन प्रशासनले युक्रेन र नेटो सहयोगीहरुको समर्थन गर्दै आएको छ ।

कमला ह्यारिसको पोल्याण्ड भ्रमण यस्तो अवस्थामा भइरहेको छ जतिबेला अमेरिका र पोल्याण्डबीच युक्रेनमा लडाकू विमान पठाउने सम्झौता रद्द भएको छ । खासमा अमेरिकाले चाहेको थियो कि पोल्याण्डले आफ्ना मिग २९ विमान युद्धमा फसेको युक्रेनलाई देओस् ।

तर पोल्याण्डले सिधै रुससँग निहुँ खोज्न अस्वीकार गर्यो । उसले आफ्नो हतियार जर्मनीमा अमेरिकालाई दिने र त्यहाँबाट अमेरिकाले युक्रेनलाई देओस् भन्ने प्रस्ताव गर्यो । पोल्याण्डको यो प्रस्ताव अमेरिकाले अस्वीकार गर्यो ।

रिपोर्टका अनुसार कमला ह्यारिसले यो भ्रमणमा पोल्याडलाई युक्रेनी शरणार्थीलाई आफ्नो देशमा आउन दिएको र उनीहरुको व्यवस्थापन गरेकोमा आभार व्यक्त गर्नेछिन् । रिपोर्टका अनुसार युद्धमा अहिलेसम्म २० लाख मानिस युक्रेनबाट पलायत भइसकेका छन् ।

युक्रेनको राजधानी किभ, खारकिभ जस्ता ठूला सहर खाली भएका छन् । युक्रेनबाट भागेकाहरु हंगेरी, पोल्याण्ड लगायत सीमावर्ती देशमा शरण लिइरहेका छन् ।

अर्कोतर्फ युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नेटोको सदस्यता लिने आफ्नो अडान छोड्नेतर्फ संकेत गर्दै नेटोको सदस्यता लिने सोच आफूले त्यागेको बताए ।

जेलेन्स्कीले अब नेटोको सदस्यता लिनको लागि धेरै जोड नदिने बताएका छन् । उनले रुसले स्वतन्त्र घोषित गरेका पूर्वी युक्रेनका दुई क्षेत्रको बारेमा पनि रुससँग सम्झौता गर्न तयार रहेको बताएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा