शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

काँग्रेसको दोस्रो पङ्क्ति गठबन्धन गर्नुहुन्न भनेर उत्ताउलो कुरा गर्दै छन्, यो काङ्ग्रेसकै लागी घातक हो : तुलाधर


  • बिहिबार, फाल्गुन २६ २०७८
12.3K
SHARES

फाइल तस्विर

नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले नेपाली कांग्रेसको दोस्रो पंक्तिका नेताहरुले गठबन्धन गर्नुहुन्न भनेर उत्ताउलो कुरा गरेको टिप्पणी गरेका छन् ।

बिहीबार पार्टीको केन्द्रीय समितिको बैठकमा उनले कांग्रेसको शीर्ष नेतृत्व गठबन्धनप्रति सकारात्मक भए पनि दोस्रो पंक्तिका नेताहरुले उत्ताउलो कुरा गर्ने गरेको टिप्पणी कांग्रेसभित्रै भइरहेको बताए ।

शीर्ष नेतृत्वले एउटा कुराकानी गर्ने, दोस्रो पंक्तिका केही नेताले उत्ताउलो बोल्ने जुन गरिरहनुभएको छ । त्यो सस्तो लोकप्रियताका लागि मात्र हो भन्ने कुरा उहाँहरुकै नेताहरुले भन्नुहुन्छ’ उपमहासचिव तुलाधरले भने ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धन नगरे कांग्रेसलाई नै घाटा हुने उनले दावी गरे ।

गठबन्धनमा आवद्ध दलमध्ये कांग्रेस प्रमुख दल हो । कांग्रेसको इच्छा भएन भने कांग्रेसबाहेकका दलको गठबन्धन बन्न सक्छ त्यो कुरा संस्थागत रुपमा कांग्रेसका लागि घाटा हुन सक्छ’ उपमहासचिव तुलाधरले भने ।

पार्टीको बैठकमा समूहगत छलफल हुँदा धेरै नेताहरुले गठबन्धनलाई स्थानीय निर्वाचनमा मात्र नभई प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म लैजानुपर्ने धारणा राखेका उनले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा