शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

माओवादीकै बलमा काँग्रेस सत्तामा पुग्यो, अहिले केही नेताहरू हामीलाई होच्याउँछन् : प्रचण्ड


  • बिहिबार, फाल्गुन २६ २०७८
9.7K
SHARES

फाइल तस्विर

एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले काँग्रेस सत्तामा पुग्नुका पछाडि माओवादीकै हात रहेको बताएका छन् । सत्तामा समेत पुग्न नसक्ने काँग्रेसलाई अफु हरुकै कारण सत्तामा पुर्‍याएको स्मरण गराउँदै केही नेताहरूले माओवादीलाई होच्याएर भाषण गर्ने गरेको समेत बताएका छन् ।

पार्टीको बागमती प्रदेशस्तरीय विस्तारित बैठकलाई गोदावरीमा सम्बोधन गर्दै प्रचण्डले कांग्रेसका नेताहरुले आफूहरुलाई हात्तीको कानमा बसेका चमेरा भन्ने तथा गठबन्धन गरेर चुनाव जिताइदिने जिम्मा नलिने भनी दिएको अपमानजनक अभिव्यक्ति सैह्य नहुने बताएका हुन् ।

कांग्रेसलाई आफूहरुले सत्ताको सिंहासनमा पुर्‍याएको भन्दै गठबन्धनविरुद्धका अभिव्यक्ति र नेकपा माओवादी केन्द्र तथा नेकपा एसलाई अपमान गर्ने कुरा सैह्य नहुने दाहालको भनाइ थियो ।

सम्बोधनका क्रममा प्र्रचण्डले कांग्रेसका केही नेताले त्यस्तो अभिव्यक्ति दिए पनि चुनवासम्मै गठबन्धन कायम रहने विश्वास ब्यक्त गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा