शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

एसईई परीक्षामा कायम उमेर हद हटाउने निर्णय


  • बिहिबार, फाल्गुन २६ २०७८
10.1K
SHARES

फाईल तस्बिर

एसईई परीक्षामा उमेर हद नलाग्ने भएको छ । यसअघि एसईई दिन १४ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था रहेकामा अबदेखि उमेर हद नलाग्ने निर्णय भएको हो।

विद्यालय तहको संरचना परिवर्तन भएर कक्षा ११ र १२ सम्मलाई माध्यमिक तह बनाइएकाले अबदेखि उमेरको हद पनि कक्षा १२ को वार्षिक परीक्षामा मात्रै लाग्ने शिक्षा मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले १४ वर्षे  उमेर  हदको व्यवस्था खारेज गरिएको बताए ।

उमेर हदसम्बन्धी कानुन यसअघि नै संशोधन भए पनि कार्यान्वयन भने यस पटकबाट  हुने  मन्त्रालयको भनाइ छ । राष्ट्रिय  परीक्षा बोर्डले एसईई आगामी वैशाख ९ देखि सञ्चालन गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा