सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

हरियो रङमा आपत्ति भयो भने त सारा वनजंगल फाँड्नुपर्ने हुन्छ : काँग्रेस


  • बुधबार, फाल्गुन २५ २०७८
8.5K
SHARES

फाइल तस्वि

नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरियो रङमा आपत्ति जनाएकोप्रति आश्चार्य प्रकट गरेको छ ।

निर्वाचन आयोगले मतपत्रमा हरियो रङ राख्न लागेको विषयमा आपत्ति जनाउँदै ओलीले ‘कांग्रेसको रुखको रङ हरियो हुन्छ भन्दैमा मतपत्रमा हरियो रङ राख्न नहुने’ बताएका थिए ।

कांग्रेसले स्थानीय तह निर्वाचनकेन्द्रित पहिलो चरणको अभियान घोषणाका लागि बुधबार आयोजित पत्रकार सम्मेलनमा ओलीको टिप्पणीको जवाफ फर्काएको हो । ओलीको टिप्पणीले कांग्रेस बहुमतमा आउँदै छ भन्ने संकेत गरेको भन्दै जनताबाट प्राप्त हुने मतबाट नआत्तिन आग्रह गरिएको छ ।

“हरियो रङमा नै आपत्ति हुने हो भने त नेपालको सारा वनजंगल नै फाँड्नुपर्ने हुन्छ,” कांग्रेस प्रवक्ता डा. प्रकाशरण महतले भने, “ओलीको अभिव्यक्तिले कांग्रेस बहुमतमा आउँदैछ  भन्ने संकेत गरेको छ ।

उनले जनताबाट प्राप्त हुने मतका लागि कसैले पनि आत्तिने वा मात्तिने काम गर्न नहुनेमा जोड दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा