शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

ओली प्रवृत्ति व्यक्तिवादी, स्वेच्छाचारी, अलोकतान्त्रिक र असहिष्णु रहेको माधव नेपालको निष्कर्ष


  • बुधबार, फाल्गुन २५ २०७८
10.3K
SHARES

फाइल तस्विर

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली प्रवृत्ति व्यक्तिवादी, स्वेच्छाचारी, अलोकतान्त्रिक र असहिष्णु भएको निष्कर्ष निकालेका छन् । उनले ओली प्रवृत्तिलाई दक्षिणपन्थी अवसरवादी धार भएको समेत दाबी गरेका छन् ।

नेपालले अहिलेको गठबन्धन कम्तिमा पनि चुनावसम्म कायम राख्नुपर्ने बताएका छन् । केन्द्रीय कमिटीमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उनले यस्तो उल्लेख गरेका छन् ।

काठमाडौंमा जारी पार्टीको केन्द्रीय कमिटीको बैठकमा उनले भने, ‘गठबन्धनमा रहेका दलहरुको बीचमा विश्वास छ । तर, गठबन्धन तोड्नका लागि भयंकर षडयन्त्रहरु भइरहेका छन् ।’

नेपालले एमाले अध्यक्ष केपी ओलीसँगको लडाईं आफूहरुले जित्दै आएको पनि बताएका छन् । एमालेमै रहेर केपी ओलीविरुद्ध उम्मेदवार खडा गरेर बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यलाई जिताउन सफल भएको उनले बताए ।

बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित राम बहादुर थापाले दल तयाग गरेपछि खाली भएको पदमा भएको निर्वाचनमा एमालेबाट स्वयं बादल र स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाबीच प्रतिस्पर्धा भएको थियो ।

देवकोटालाई माधव नेपालको सिफारिसमा सत्ता गठबन्धनले साझा उम्मेदवारका रुपमा जिताएको थियो ।

‘एमालेमै रहेर राष्ट्रिय सभा सदस्यको निर्वाचनमा केपी ओलीसँग प्रतिस्पर्धा हामीले नै गरेको र हामीले नै केपी ओलीलाई हराएको हो,’ नेपालले भने ।

यस्तै, माधव नेपालले एमाले फुटाएर नयाँ पार्टी दर्ता गरेपछि भएको भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पनि एमालेका उम्मेदवारहरु सत्ता गवठबन्धनका उम्मेवारहरुसँग पराजित भएको सुनाए ।

यही प्रसंग जोड्दै नेपालले थपे, ‘केपी ओली र हाम्रो प्रतिस्पर्धामा हामीले जितेका छौं ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा