शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

ओलीको प्रश्न : निर्वाचन आयोगले मत पत्र हरियो बनाउन किन खोजेको हो ?


  • बुधबार, फाल्गुन २५ २०७८
13.6K
SHARES

फाइल तस्विर

एमाले अध्यक्ष केपी ओलीले निर्वाचन आयोगले मतपत्रमा निर्वाचन चिन्ह हरियो राख्न किन खोजेको हो भन्दै प्रश्न गरेका छन्।

निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गरी मतपत्रमा निर्वाचन चिन्ह हरियो रङको हुने बताएको थियो।

ओलीले मंगलबार नेपाल महिला संघले बसन्तपुरमा आयोजना गरेको कार्यक्रममा निर्वाचन आयोगले के कारणले त्यस्तो चिन्ह राख्न खोजेको भन्दै त्रुटि सच्याउन माग गरेका छन्।

‘निर्वाचन आयोगको मतपत्रका चिन्हहरूमा हरियो राख्ने भयो अरे। हरियो चिन्ह किन राख्ने? के कारणले राख्ने? निर्वाचन आयोगले बताउनु परो। हो कि होइन उहाँहरूलाई सोध्न भ्याएको छैन। म व्यस्त छु। यदि हो भने के कारणले हो? धार्मिक हिसाबले राख्ने हो? कसैको हरियो देखिने चिन्ह छ भनेर हो कि? केका लागि राख्ने?,’ ओलीले प्रश्न गरे, ‘सबैतिर जनता नै आँखा नदेख्ने, कमजोर आँखा भएकाले हरियो रूखैरूख देखोस् भनेर हरियो राख्ने हो कि? यदि होइन भने लेख्ने सञ्चार माध्यमले त्रुटि सच्याउनुपर्छ। आयोगले गरेको भए यस्तो त्रुटि सच्याउनुपर्छ।’

निर्वाचन आयोगका अनुसार यसपालि विगतका निर्वाचनहरूमा प्रयोग गरिएका रङले मतपत्र बदर हुने, अस्पष्ट हुने भएकाले झलक्क देखिने गरी हरियो चिन्ह राख्न खोजिएको हो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा