नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा खट्न युवाहरूलाई आग्रह गरेका छन्। युवाकै बलमा कांग्रेस बलियो र चुनावसमेत जित्ने बताएका उनले युवाहरू एकजुट भएर खट्नुपर्ने बताए।
तरूण दल भानु नगरसमितिले मंगलबार गरेको कार्यक्रममा बोल्दै पौडेलले भने, ‘कांग्रेसको मेरूदण्ड नै तरूण युवा हुन्। युवाहरू एकजुट भएर पार्टीलाई स्थानीयलगायत चुनावमा जिताउनुपर्छ।’
कांग्रेसले जिते मात्रै देशको विकास सम्भव भएको दाबी उनको थियो। पार्टीमा युवाको भूमिका महत्वपूर्ण रहेको पनि उनले बताए। युवा शक्तिकै कारण पार्टी बलियो हुने उनको भनाइ थियो।
०७९ वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ। कांग्रेसले फागुन २९ देखि चैत २९ सम्म एक महिना चुनावी अभियान सञ्चालन गर्ने भएको छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।