मंगलबार, कार्तिक ४ २०८३
ताजा अपडेट

नेपाली मुद्रा अहिलेसम्मकै कमजोर, अमेरिकी डलरको भाउ उच्च


  • मंगलबार, फाल्गुन २४ २०७८
11.1K
SHARES

फाइल तस्विर

अमेरिकी डलरको भाउँ उच्च हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर देखिएको छ । आज मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १ सय २२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय २३ रुपैयाँ ४४ पैसा तोकेको छ ।

पछिल्लो समय लगातार अमेरिकी मुद्रा बलियो बन्दै गएको छ ।

नेपाल राष्ट्र बैंकले अमेरिकी अर्थतन्त्र बलियो बन्दै गएको र पछिल्लो समय रुस–युक्रेन युद्धको असरसमेत डलरको मूल्यमा परेको बताउँछ । विश्वव्यापी रुपमा पछिल्ले समय डलरको माग उच्च छ । माग उच्च हुँदा यसले मूल्य बढेको हो ।

नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेको छ । यसकारण केही समयता डलरको तुलनामा भारतीय रुपैयाँ खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा