निजी विद्यालयहरूको छाता संगठन नेसनल प्याब्सन अर्थात् राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालको अध्यक्षमा पाण्डव हमाल निर्विरोध चयन भएका छन् ।
नेपालगन्जको भेलाले हमालको नेतृत्वमा नेसनल प्याब्सनको नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
अध्यक्ष पदका लागि अर्का आंकाक्षी सुवास न्यौपाने पछि हटे पछि हमाललाई नेपालगन्जमा भएको आज सम्पन्न २ दिने महाधिवेशन भेलाले स्वतः अध्यक्षमा निर्वाचित गर्यो ।
यस अघि केटिएम खबरसँगको कुराकानी आफ्नो नेतृत्वमा सर्वसम्मत टिम चयन गर्ने उद्घोष गरेका थिए । सोही अनुरूप परिणाम आएको छ ।
गुट रहित संगठन निर्माण, परिणाममुखी नेसनल प्याब्सन तथा समग्र शिक्षा क्षेत्रको विकासमा आफू र आफ्नो टिम लाग्ने बताएका छन् ।
यस्तो छ नेसनल प्याब्सनको सातौँ महाधिवेशनबाट चयन भएका पदाधिकारी:
अध्यक्ष: पाण्डव हमाल
सह–अध्यक्ष: सुवास न्यौपाने
उपाध्यक्ष:
प्रबोध प्रभाकर रिजाल
याम बहादुर खड्का
शम्भु अधिकारी
डम्बर कार्की
कमल बहादुर सिंह
जय कुमार श्रेष्ठ
श्याम सिंह मौनी
शुबोध कुमार डाँगी
तिलक बहादुर चौहान
ब्रजेश मिश्र
यासीबा रहमान
महासचिवः
पारसमणी दाहाल
उप–महासचिव:
प्रकाश चन्द्र खड्का
कुसुम रानाभाट
केन्द्रीय सचिवः
राजु रोकाया
सुशील भट्टराई
कृष्ण कुमार उप्रेती
धर्मराज रेग्मी
कृष्ण प्रसाद पौडेल
विष्णु प्रसाद पराजुली
राजेन्द्र कुमार गुरुङ
राजन कुमार छाराङ
अलिमहमद असारी
राजु पाण्डे
कोषाध्यक्षः
प्रताब बहादुर थापा
सह–कोषाध्यक्षः
बिक्रम ढुकुछु