मंगलबार, कार्तिक ४ २०८३
ताजा अपडेट

एकै चोटी ९ जना समातिए, गरेछन् सुन्दै अचम्म लाग्ने काम


  • सोमबार, फाल्गुन २३ २०७८
9.7K
SHARES

जागिरका लागि भन्दै विज्ञापन खुलाउने, फर्म शूल्क र जब ग्यारेन्टी शुल्क लिएर नागरिकलाई ठगी गरेकाे आराेपमा नौ जना पक्राउ परेका छन् ।

काठमाण्डौका विभिन्न ठाउँमा जब सेन्टर खाेलेर जागिर दिने भन्दै विभिन्न सञ्चारमाध्यममा विज्ञापन दिने, आवेदकहरूबाट पाँच सय रुपैयाँसम्म फारम शुल्क लिने र ६ हजार रुपैयाँसम्म जब ग्यारेन्टी शुल्क लिएकाे आराेपमा पक्राउ परेका महानगरीय अपराध महाशाखाले जनाएको छ ।

नयाँ बानेश्वरको सोसाइटी वेलफेयर म्यानेजमेन्टका सञ्चालक अर्घाखाँचीका अमर पाण्डे र तिलक पाण्डे, बालाजुको जब प्लेसमेन्टका सञ्चालक लमजुङका आनन्द मरहट्ठा, कोटेश्वरको एमएन मल्टिपर्पोसका सञ्चालक सिरहाका विवेक यादव र एबीएस जब ट्रेनिङ सेन्टरका सञ्चालक ओखलढुङ्गाका अश्विन राई पक्राउ परेका छन् ।

यस्तै कोटेश्वरमा सिन्धु रोजगारी सेवा सञ्चालन गर्ने सिन्धुलीका घनश्याम पहाडी, चावहिलमा प्राश्ना जब इन्टरनेशनल मल्टिप्रपोजका सञ्चालक रौतहटकी सृजना लामिछाने, कोटेश्वरको क्विकमाण्डु एमपी प्राइभेट लिमिटेडका सञ्चालक विराटनगरकी ज्ञानु न्यौपाने र कोटेश्वरमा अनमोल जब मल्टिपल प्राली सञ्चालन गर्ने रौतहटका रामवचनकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले फारम भर्ने व्यक्तिहरूलाई विज्ञापनमा उल्लेखित सर्त बमोजिमको काममा नलगाउने तथा जागिरमा लगाइ हाले पनि तोकिएअनुसार तलब र सुविधा नदिइ केही समयमा नै जागिर छोड्न बाध्य बनाउने गरेको पाइएको अपराध महाशाखाले जनाएको छ ।

यस्तै कुनै एक जब सेन्टरमा फारम दर्ता गरिसकेको व्यक्तिलाई तपाईँको जागिर पक्का भइसकेको छ भनी अर्को जब सेन्टरमा पठाएर त्यहाँसमेत फारम शुल्क असुल्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा जागिर लगाइदिने प्रलोभनमा ठगी भइरहेको पाइएकाले रोजगारदाता कम्पनीको पृष्ठभूमि अध्ययन गर्न सम्बन्धित सबैमा प्रहरीले अनुरोध पनि गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा