शनिबार, साउन ३० २०८३
ताजा अपडेट

युक्रेनबाट ५ सय ३३ नेपालीलाई सुरक्षित बाहिर निकाल्यौँ : परराष्ट्रमन्त्री खड्का


  • सोमबार, फाल्गुन २३ २०७८
8.8K
SHARES

फाईल तस्बिर

परराष्ट्रमन्त्री नारायण खड्काले युक्रेनबाट ५ सय ३३ जना नेपाली सुरक्षित रुपमा बाहिरिएको बताएका छन् । सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्री खड्काले रुसले युक्रेनमा आक्रमणपछि भारतको उद्धार टोलीको सहयोगमा नेपालीको उद्धार गरेको बताए ।

उद्धार गरिएकाहरु मध्ये पोल्याण्ड ४ सय २७ जना र बाँकी अन्य देशमा सुरक्षित रहेको बताए । भारत सरकारको उद्धार टोलीलाई नेपालीलाई उद्धार गर्न आग्रह गरेको र सो अनुसार सहयोग भएकोमा भारतलाई धन्यवाद समेत दिए ।

मन्त्री खड्काले राष्ट्रसंघको ११ औं आपतकालीन बैठकमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको पनि जानकारी गरेको बताए । संयुक्त राष्ट्रसंघको बडापत्रको र मानवअधिकारको सम्मान गर्दै युक्रेनको पक्षमा मतदान गरेको बताए । नेपालले असंलग्न परराष्ट्र नीति अन्तरगत नै युक्रेनको समर्थन गरेको र अर्को कुनै गुटमा नगएको बताए ।

उनले छिटै राजदूत खाली रहेको स्थानमा राजदूत पठाउने बताउँदै एमसीसी लगायतका कारणबाट त्यसतर्फ सरकारले ध्यान दिन नपाएको उल्लेख गरे । मन्त्री खड्काले इजरायलका नागरिकलाई स्वास्थ्य सेवा दिनका लागि सम्झौता भएको, निर्माण क्षेत्रमा नेपाली युवा युवतीलाई पठाउने प्रक्रिया अगाडि बढेको पनि जानकारी गराएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा