पूर्व सचिव भिम उपाध्यायले पहिलेको सरकारलाई गुन्डा सरकारको उपमा दिँदै अहिलेको सरकार पनि ल्वादे सरकार भएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले सो कुरा बताएका हुन । अहिलेको सरकारका मन्त्री प्रेम आलेको भने उपाध्यायले प्रशंसा गरेका छन् । उनले आलेले सॉस धानेर पालेको सरकार हो भन्दै मन्त्री आलेको भने प्रशंसा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनी लेख्छन् “गुन्डा सरकार गएर ल्वॉदे सरकार आयो। यसमा प्रेम आले नहुदो हो त मृत सरकार हुनेथ्यो। आलेले सॉस धानेर पालेको सरकार। ”
नेपाल सरकारका पूर्व सचिव समेत रहिसकेका भिम उपाध्याय सामाजिक सञ्जालमा आफ्ना बिचार राखेर सामाजिक सञ्जाल प्रयोगकर्ताका बिच सधैँ चर्चामा हुन्छन् । समाजमा घटेका घटना तुरुन्तै सामाजिक सञ्जालमा पोख्ने उनको पहिचान नै बनी सकेको छ ।
समाजका विभिन्न घटनाक्रम र सरकारको आलोचनात्मक टिप्पणी गरेर सामाजिक सञ्जालहरूमा उनी छाउने गर्छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।