शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

रुसलाई ठेगान लगाउन भन्दै अमेरिका सहित यी शक्तिशाली देशहरुको युक्रेनमा ईन्ट्री, झस्कियो रुस !


  • सोमबार, फाल्गुन २३ २०७८
10.4K
SHARES

फाइल तस्विर

काठमाडौं । रुस–युक्रेन तनावमा अमेरिकासहित पश्चिमा मुलुकहरुको ईन्ट्री भएको खुलासा भएको छ । रुसलाई ठेगान लगाउन भन्दै अमेरिका सहित पश्चिमा शक्तिशाली देशहरुले हात अघि बढाएका हुन् । उनीले युक्रेनलाई आवश्यक हातहितयारहरु निरन्तर उपलब्ध गराईरहेको खुलेको छ ।

पूर्वी युरोपस्थित गोप्य राखिएको विमानस्थल प्रयोग गरेर नाटो आवद्ध देशहरुले युक्रेनलाई अत्याधुनिक हतियार, मिसाइल र विमानभेदी मिसाइल आपूर्ति गरिरहेको खुलासा भएको हो । रुस–युक्रेन युद्ध सुरु हुनुअघि नै अमेरिकाले ठूलो मात्रामा युक्रेनलाई युद्ध सामग्री उपलब्ध गराएको र युद्ध सुरु भए यता आपूर्ति भईरहेको सीएनएनले जनाएको छ ।

रुस–युक्रेन युद्ध सुरु भएपछि युरोपको आकाश अमेरिकी र गठबन्धन देशका सैनिक काग्रोले भरिएको पनि समाचारमा जनाइएको छ । खाशगरी अमेरिकी कार्गो विमान सी–सेभेन्टिनको उडान निकै बाक्लो हुने गरेकोछ ।

अमेरिकी र युरोपेली सैनिक विमानले गोप्य विमानस्थलमा जम्मा गरेका हातहतियार स्थलमार्ग हुँदै युक्रेन पुर्याउने गरेको र अहिलेसम्म यस्तो ढुवानीमा रुसी सेनाको आँखा नपरेको पनि सीएनएनले उल्लेख गरेकोछ ।

नाटोको युरोप कमाण्डले आपूर्तिको ब्यवस्थापन गर्ने गरेको छ । गत शुक्रबार अमेरिकी सेनाका संयुक्त सेनापति जेनरल मार्क मिलेले उक्त गोप्य विमानस्थलमा पुगेर आपूर्ति ब्यवस्थाको अवलोकन गर्नुभएको थियो ।

अमेरिकाले युक्रेनलाई ३५ करोड डलर बराबरको युद्ध सामग्री दिने निर्णय गरेकोमा २४ करोड डलर बराबरको सामग्री युक्रेन पुगिसकेको र बाँकी सामग्री पनि केही दिनभित्रै युक्रेन पुग्ने क्रममा रहेको बताइएको छ ।

नाटो गठबन्धनले केही महिना पहिलेदेखि नै युक्रेनी सेनालाई आवश्यक तालिम दिएको र युक्रेनी फौजले अहिले निकै प्रभावकारी तरिकाले युद्ध सामग्रीको प्रयोग गरेको भन्दै अमेरिकी सन्तोष ब्यक्त गरेको जनाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा