आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

अर्ली इलेक्सकाे चर्चा चलिरहेका बेलामा महत्वपूर्ण प्रस्ताव लिएर सितल निवास पुगे देउवा


  • सोमबार, फाल्गुन २३ २०७८
7.1K
SHARES

फाइल तस्विर

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले संसद विघठन गरेर अर्ली इलेक्सन घोषण गर्न सक्ने चर्चा व्यापक रुपले चलिरहेका बेला प्रधामन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मा एक साथ शितलनिवास पुगेका छन् ।

प्रधानमन्त्री देउवा र प्रधानसेनापती एकसाथ शितलनिवास पुग्नुलाई चासाका साथ हेरिएको छ ।

संयोग मात्रै होकी भित्री तयारी पनि केहि रहेको छ भनेर राजनितीक वृतमा कानेखुशि चल्न थालेको छ । अर्ली इलेक्सको चर्चा चलिरहेकाले पनि यसलाई चासोपुर्वक हेरिएको छ ।

प्रधानमन्त्री शितलनिवास पसेको समयमै प्रधानसेनापति प्रभुराम शर्मा पनि पुगेका हुन् । राष्ट्रपति भण्डारीसँग भेट्न देउवा र शर्मा एकै समयमा पुगेपछि चासो बढेको छ । तर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता नभएर प्रतिवेदन बुझाउने काम मात्र भएको स्रोतले बताएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आ-आफ्नोतर्फबाट प्रतिवेदन बुझाएका छन् । प्रधानमन्त्री देउवाले सरकारी तथा प्रधानसेनापति शर्माले राष्ट्रिय सुरक्षासम्बन्धी प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाएका हुन् ।

यस्तै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रक्रिया अघि बढाउन ११ सदस्यीय महाभियोग सिफारिस समिति बहुमतले स्वीकृत भएको छ ।

आइतबार सभामुख अग्निप्रसाद सापकोटाले सोको प्रस्ताव प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गरेका छन् ।

बैठकअघि संसद भवनमै कार्यव्यवस्था परामर्श समितिको बैठकले सिफारिस समिति गठनका लागि संसदबाट प्रक्रिया अघि बढाउने निर्णय लिएको थियो।

सभामुख अग्नि सापकोटाले संविधानको धारा १०१ को उपधारा ९३० र ९४० एवम् प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६२ बमोजिमको महाभियोग सिफारिस समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका हुन्।

समितिमा भदौ २३ देखि संसदमा अवरोध गरिरहेको नेकपा एमालेका चारजना सांसदलाई पनि राखिएको छ।समितिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट विष्णु पौडेल, शिवमाया ताम्बाहाङ्फे, कृष्णभक्त पोखरेल र लालबाबु पण्डित छन् ।

नेपाली कांग्रेसबाट मीनबहादुर विश्वकर्मा र रामबहादुर विष्ट, माओवादी केन्द्रबाट यशोदा सुवेदी गुरुङ र रेखा शर्मा छन् ।

यस्तै एकीकृत समाजवादीबाट कल्याणी खड्का, जनता समाजवादी पार्टीबाट प्रमोद साह र लोकतान्त्रिक समाजवादी पार्टीबाट एकवाल मियाँ सदस्य छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा