आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

यसरी लिँदैछन् देउवाले प्रचण्ड र माधवसँग बदला, बालुवाटारको सूचना खुमलटार र कोटेश्वर पुग्यो


  • सोमबार, फाल्गुन २३ २०७८
7.5K
SHARES

फाईल तस्बिर

लामो समय सम्म किचलोमा रहेको र धेरैनै गिजोलिएको अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित भएको छ, अब फेरी देशको ध्यान निर्वाचन तर्फ मोडिएको छ ।

सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले स्थानिय तहको निर्वाचनको मिती घोषणा त गरेको छ तर पनि निर्धारित समयमै निर्वाचन हुन्छ की हुँदैन भनेर अहिले पनि कयौँ आशंका र अनुमानहरु चलिरहेका छन् ।

परमादेशबाट देउवालाई प्रधानमन्त्री बनाउँन बनेको वर्तमान सत्तागठबन्धन पटक पटक गम्भिर दुर्घटनामा परेर पनि आज सम्म जोगिँदै आएको छ । पछिल्लो पटक एमसीसी पारित गर्ने बेलामा लगभग भंग भइसकेको गठबन्धन अन्तिममा जोगिएको थियो । फेरी पनि सत्तागठबन्धनमा खटपट सुरु भएको छ ।

गठबन्धन जोगाउँका लागी एमसीसी पास गर्न तयार भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई आगामी दिन थप अप्ठेरो पर्ने विश्लेषण सुरु भएको छ । गठबन्धन जोगाउँनैका लागी एमसीसी पास गर्न तयार भएका उनीहरुले चाहे जसरी गठबन्धन बच्चे सम्भावना भने कम हुँदै गएको देखिएको छ ।

भर्खरै मात्रै गम्भिर दुर्घटनाबाट बचेको गठबन्धनमा केहि दिनमै फेरी खटपट सुरु भएको छ । काग्रेसका नेताहरुले अब प्रचण्ड र माधव नेपाललाई बोकेर हिड्न नहुने घोषणा सार्वजनिक रुपमा गर्न थालेका छन् । काग्रेस नेताहरुले चसक्क विझ्ने गरि अभिव्यक्ति दिन थाले पछि प्रचण्ड र माधव नेपालका कार्यकर्ता पनि प्रतिवादमा उत्रन थालेका छन् ।

गठबन्धन कायम गरेर जानु पर्छ भन्नेमा केहि समय अघि सम्म सकारात्मक देखिएका प्रधानमन्त्री एवं काग्रेस सभापती शेरबहादुर देउवा पनि अब चुनावमा प्रचण्ड र माधव नेपाल बोकेर जान नुहने पक्षमा पुगेको बालुवाटार निकट स्रोतले ओटिभी नेपालसँग दाबी गरेको छ ।

एमसीसी पास गर्ने बेलामा प्रचण्ड र माधव नेपालले देखाएको दोधारे चरित्रबाट देउवा दिक्क भएको र अब गठबन्धन गरेर उनीहरुलाई फेरी शक्तिमा ल्याउँदा यस्तै किचकिच गरिरहने कन्फर्म भएकाले चुनावमा काग्रेस एक्लै जाने निष्कर्षमा देउवा पुगेको स्रोतले ओटिभी नेपालसँग दाबी गरेको छ ।

एमसीसी पारित गराउँन देउवालाई काँधमा हालेर हिँडेका काग्रेस महामन्त्री गगन थापा पनि चुनावमा प्रचण्ड र माधव नेपाललाई बोक्न नहुने लाइनमा चट्टानी रुपमा लागेका छन् । थापाले फेरी प्रचण्ड र माधवप्रति लक्षित गर्दै कडा अभिव्यक्ति दिन थालेका छन् ।

चुनावमा प्रचण्ड माधवसँग गठबन्धन गर्न नहुने मत काग्रेस भित्र बलियो बन्दै गएको छ । काग्रेस उपसभापती धनराज गुरुङले त काग्रेस सँग गठबन्धन गर्न खोज्नेहरुलाई हात्तिको कानमा बसेको चमेरोको संज्ञानै दिएका छन् । काग्रेस भित्र बलियो प्रभाव रहेका नेताहरु गठबन्धन गर्न नहुने भन्दै सार्वजनिक रुपमा उत्रिएका छन् ।

स्थानिय तहको निर्वाचनको मिति सरकारले तोकेको छ । स्थानिय तहको निर्वाचन पहिला हुँदा गठबन्धन कायम हुने सम्भावना झनै कम देखेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले फेरी संसद विघठन गरेर अर्ली इलेक्सनको फण्डा चलाएको पनि चर्चा छ ।

एमसीसीको सवालमा प्रचण्ड र माधव नेपालले दिएको दुखका कारण देउवा निकै फायर भएको बताइन्छ । गठबन्धन ताडेर एमालेसँग समिरकण गरेर भए पनि एमसीसी पास गर्ने फाइनल डिसिजन गरेर अघि बढे पछि मात्रै प्रचण्ड माधव सत्ता जोगाउँनका लागी एमसीसीको पक्षमा खुलेको निष्कर्ष बालुवाटारले निकालेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा