
संघीय संसदको प्रतिनिधिसभाका सांसद डा.सूर्य नारायण यादव (सुरज)ले राजीनामा दिएका छन् । सोमबार यादवले सभामुख कृष्णबहादुर महरालाई राजीनामापत्र बुझाएका हुन् ।
आफ्नो स्वास्थ्यमा समस्या बढेकाले आराम गर्न राजीनामा दिएको सांसद यादवले बताएका छन् । उनले आफुलाई डाइबिटिज बढेको र पछिल्लो समय स्ट्रेस पनि बढेकाले राजिनामा दिएको बताएका छन्।
सभामुखको सचिवालयले भने उनले दिएको राजीनामाबारे निर्णय हुन बाँकी रहेको जनाएको छ। उनी डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीका तर्फबाट सप्तरी १ बाट २१ हजार ७१२ मतका साथ विजयी भएका हुन् । उनी सप्तरीका चर्चित डाक्टर समेत हुन् ।
उनको राजीनामा स्वीकृत भएको खण्डमा सप्तरी १ मा पनि उप निर्वाचन हुनेछ। सरकारले आगामी मङ्सिर १४ गते देशका विभिन्न ५१ स्थानमा उप निर्वाचन गर्दैछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।