मंगलबार, कार्तिक ४ २०८३
ताजा अपडेट

खाने तेलको मूल्य ह्वात्तै बढ्यो, सर्वसाधारण मारमा !


  • सोमबार, फाल्गुन २३ २०७८
6.9K
SHARES

फाइल तस्बिर

अहिले बजारमा खाने तेलको मूल्य आकासिएको छ । खाने तेल आकासिए सँगै सर्वसाधारण मारमा परेका छन् । रुस र युक्रेनबीचको तनावले नेपालमा खाने तेलको मूल्य ह्वात्तै बढेको छ ।

स्थानीय बजारमा विशेष गरेर सन्फ्लावर (सूर्यमुखी) र सोयाबिन (भटमास्) तेलको मूल्य पछिल्लो एक सातामा ह्वात्तै बढेको हो । अन्तर्राष्ट्रिय बजारमा तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य बढेको कारण पनि तेल उद्योगीले मूल्य बढाएका हुन् ।

नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्रचार्यले अहिले युद्धको असरले खाने तेलको कच्चा पदार्थका आपुर्तीमा अवरोध हुँदा अभाव भएकोले मूल्य बढेको बताउनुभयो । उहाँले दैनिक रुपमा प्रयोग हुने खाने तेल त्यसमा पनि सन्फ्लावर तेल प्रतिलिटर २ सय ४० मा खुद्राँ विक्रि गर्दै आएकोमा हाल २ सय ८० रुपैयाँसम्म पुगेको बताउनुभयो ।

यस्तै, सोयाबिन तेल प्रतिलिटर २ सय ३० मा बिक्रि गर्दै आएकोमा २ सय ७० रुपैयाँसम्म पुगेको बताउनुभयो । उहाँले मूल्य बढेपनि सरकारी निकायहरुले अनुगमनमा चासो नदेखाएको गुनासो गर्नुभयो । उहाँले रुसले युक्रेनमाथि आक्रमण गर्नु पूर्व नै दाल, चामल लगायत सबै खाद्यान्नको १० प्रतिशतको दरले मूल्यवद्धि भइ सकेको समेत बताउनुभयो ।

संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्रचार्यले हाल खाने तेल लगायत खाद्यान्नमा भएको मूल्यवृद्धिको समस्या समाधान गर्न सरकारका निकायले छलफल अगाडी बढाउन आवश्यक रहेको पनि औंलाउनुभएको छ । उहाँले हालको अवस्थालाई सहज बनाउन व्यापारी, उद्योगी, व्यवसायी लगायत सबै सम्बन्धीत निकायसँग तत्काल छलफल अगाडी नबढाए मूल्य थप चुलिदै जाने बताउनुभयो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा